शुभसेर राई स्मृति प्रतिष्ठानले शिक्षामा योगदान पु¥याउ“नेलाई सम्मान तथा पुस्कार वितरण ग¥यो

  • प्रकाशित मितिः भदौ 5, 2079
  • 805 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, भदौ ५–स्वर्गीय शुभसेर राई स्मृति प्रतिष्ठानले विभिन्न व्यक्तिलाई सम्मान तथा पुरस्कृत गरेको छ । प्रथम वार्षिक पुन्यतिथिको अवसर पारेर शिक्षा क्षेत्रमा विशेष योगदान पु¥याउ“ने विभिन्न व्यक्तिलाई सम्मान तथा पुरस्कृत गरेको हो ।
राष्ट्रिय शिक्षक संगठनका पूर्वअध्यक्षहरु मेघनाथ घिमिरे, मनकाजी राई, उत्कृष्ट विद्यालय व्यवस्थापन समिति अध्यक्षमा ज्योति मावि जालपाका अध्यष प्रतिमान राई, उत्कृष्ट प्रअमा त्रिभूवन मावि ऐसेलुखर्कका प्रअ टेकबहादुर क्षेत्री, दीर्घसेवा गर्ने शारदादेवी गेलाललाई सम्मान गरेको हो । उत्कृष्ट शिक्षक प्रेमकुमार थापालाई ५५ हजार पा“च सय ५५ रुपैया“ नगद सहित पुरस्कृत गरिएको छ । प्रतिष्ठानले शिक्षा क्षेत्रमा विशेष योगदान पु¥याउ“नेलाई वर्षेनी पुरस्कार तथा सम्मान गर्ने जनाएको छ । कार्यक्रमको अवसरमा स्वर्गीय राई परिवारले १६ लाख ९० हजार नौ रुपैया“को चेक प्रतिष्ठानलाई हस्तान्तरण समेत गरेको छ । 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित