नाकारा-
चिसो या तातो
हावा बहने जात हो
र बहन पनि दिनुपर्छ
तर, यत्ति कुरा ख्याल राख्नु
हावा कहिले मौसम अनुसार चल्छ
कहिले बेमौसममा पनि चल्छ
र, कुनै हावा रछ्यानबाट निस्केको हुन्छ
कुनै हावा ट्वाइलेटबाट उडेको उन्छ
कुनै हावा सरकारी हुन्छ
कुनै हावा विदेशी हुन्छ
कुनै हावा फूलबाट आएको हुन्छ
कुनै हावा सङ्लो खोलाबाट गाउँ पसेको हुन सक्छ
स्वासप्रश्वासमा छानेर लिनुपर्छ
नत्र हाम्रो नाक, मुख, आन्द्रा, मुटु कलेजो, फोक्सो नराम्ररी रोगी बन्छ !
प्रिय ! हामी दुर्गन्धित नहौँ है !
यो बेला कुहिगन्ध हावा चलिरहेको छ ।
अनि अर्को कुरा
पारिदेखि आउने हावा सधैँ शितल हुँदैन !
प्रकाशित मिति २०७५ मङ्सिर १६
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३१–प्रहरील�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३०–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३०–खोटाङमा �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ २८-नेपाली कां�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ २७–दिक्तेल �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित