जसपा छाडेका थापा लगायत १३ जना माओवादीमा समाहित

  • प्रकाशित मितिः भदौ १, २०७९
  • 675 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, भदौ १–जनता समाजवादी पार्टी परित्याग गरेका टंकबहादुर थापा लगायत १३ जना माओवादीमा प्रवेश गरेका छन् । साउन ३० गते जसपा छाडेका उनीहरु भदौ १ गते नेकपा माओवादी केन्द्रमा समाहित भएको भदौ १ गते विज्ञप्ती माफृत जनाएका हुन् ।
विज्ञप्तीमा देवकुमार राई, नवीन किशोर राई, दीपककुमार तामाङ, प्रवचन राई, मनोज राई, जुलन राई, सविन राई, किरण राई, सन्तोष तामाङ, भुवन राई, कर्ण तामाङ र मेखबहादुर तामाङको नाम उल्लेख छ । उनीहरु लगायत ३९ जनाले जसपा छाडेको घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित