दिक्तेलमा फोहर नउठाएको गुनासोे

  • प्रकाशित मितिः श्रावण ३१, २०७९
  • 648 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, साउन ३१–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेलबजारको फोहर व्यवस्थापन नभएको स्थानीयले गुनासो गरेका छन् । लामो समयदेखि फोहर नउठाएकाले यसबाट महामारी फैलन सक्ने सम्भावना देखिएको भन्दै गुनासो गरेका हुन् ।
दिक्तेल बजारको रत्नपार्क, संगमटोल, बेसक्याम्प, त्रिवेणीचौक,अम्बागाछी, बैंकचौक भानुचौक, हाटडा“डा, भवनगैरा हस्पिटल चौक लगायतका क्षेत्रमा लामो समयदेखि फोहोर थुप्रिएको छ । फोहर उठाउनका लागि नगरपालिकालाई पटक पटक अनुरोध गर्दा समेत बेवास्ता गरेको स्थानीयको गुनासो छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले भने डम्पिङ साइड जाने सडक भत्किएका कारण फोहर उठाउ“न नपाएको बताए । ‘डम्पिङ साइड जाने बाटो भत्किएर ढिलाई भएको हो ।’ भट्टराईले भने–‘अब केही दिनमै फोहर उठ्छ ।’

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित