‘तीन जनाले मात्र पार्टी छाडेका हुन् ’ : जसपा खोटाङ

  • प्रकाशित मितिः श्रावण ३१, २०७९
  • 1248 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, साउन ३१–जनता समाजवादी पार्टीले तीन जनाले मात्र पार्टी छाडेको जनाएको छ । साउन ३० गते उक्त पार्टीको जिल्ला अध्यक्ष टंकबहादुर थापा लगायत ३९ जनाले पार्टी छाडेको जानकारी गराएको भोलि पल्ट साउन ३१ गते थापा लगायत तीन जनाले मात्र पार्टी छाडेको जनाएको हो ।
जसपा खोटाङको कार्यालयमा पत्रकार सम्मेलन गरी उक्त जानकारी गराएको हो । अध्यक्ष थापा, देवकुमार राई र दिपक तामाङले मात्र छाडेको विज्ञप्तीमा उल्लेख छ । अन्यले भने पार्टी नछाडेको जनाएको छ । उपाध्यक्ष पीके खम्बुद्वारा हस्ताक्षरित विज्ञप्तीमा पार्टी छाड्ने तीन जनाको राजनीतिक भविष्य प्रति चिन्ता समेत व्यक्त गरिएको छ । कार्यक्रममा उपाध्यक्ष खम्बुले आफ्नो घरमा आगो लगाएर जानेलाई अन्यले पनि बास नदिने बताए ।

bigyapti
साउन ३० गते पत्रकार सम्मेलन गरी जिल्ला अध्यक्ष थापा लगायत केन्द्रीय अनुशासन आयोग सदस्य बीरबहादुर राई, १ नम्बर प्रदेश समिति सदस्य मोहन गुरुङ, उपाध्यक्ष तथा प्रदेश समिति सदस्य मनि राई, गीता श्रेष्ठ, नवीनकिशोर राई, वसन्ती राई, सचिव जिवराज पोखरेल, सहसचिव आशिस राई, कोषाध्यक्ष सावित्री राई, किरात राष्ट्रिय समिति सदस्य देवकुमार राई, जिल्ला सल्लाहकार सदस्य पंचशेर राईले पार्टी छाडेको जनाएका थिए ।
त्यस्तै सचिवालय सदस्य तथा समाजवादी युवा प्रदेश उपाध्यक्ष दिपककुमार तामाङ, सचिवालय सदस्य प्रवचन राई, मनोज राई, युवराज अधिकारी, बाबुराम कार्की, सुशिला निनाम, जुलन राई, ध्यानकुमार राई, तिलक मुदेल, सरोज राई (हौंचुर), सचिवालय सदस्य एवम् ऐसेलुखर्क गाउ“पालिका अध्यक्ष किशोर राई, जिल्ला सदस्य सविन राई, भूपराज राई, चित्रकार कार्की, विनोद राई, जितकुमारी परियार, भगवती चाम्लिङ, देवान राई, कुमार श्रेष्ठ, किरण राई, सुजन राई, जिल्ला सदस्य तथा ऐसेलुखर्क गाउ“पालिका उपाध्यक्ष कृष्ण राईले पनि पार्टी परित्याग गरेको जनाएका थिए ।
दिप्रुङ चुइचुम्मा गाउ“पालिका समिति सदस्य सन्तोष तामाङ, खार्मी र लफ्याङ वडा समिति अध्यक्ष सहित सबै, गैर भौगोलिक विशेष समिति सदस्य गजेन्द्र राई र गैर भौगोलिक विशेष समिति सदस्य तेन्जु तामाङले पनि पार्टी त्यागेको पत्रकार सम्मेलनमा जनाएका थिए ।
जसपाका केन्द्रीय सदस्यद्घय मदन राई र सूर्य राईले भने यसअघि नै जसपा परित्याग गरिसकेका छन् । नेपाल समाजवादी पार्टीको केन्द्रीय सदस्यमा नाम राखिए पनि उक्त पार्टीमा नरहने बताएका छन् । यद्यपि बाबुराम पक्षधरकाहरुले पार्टी छाडेको विषयमा भने पहिले नै कित्ता काट भइसकेकाले विज्ञप्तीमा समावेस नगरिएको जसपाका नेता नवीन राईले बताए । पार्टी परित्याग गरेको बारे माथिल्लो कमिटीमा जानकारी पठाएको र त्यसका आधारमा पदपूर्ति वा के गर्ने भन्ने टुङ्गो लाग्ने राईले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित