जसपा खोटाङका अध्यक्ष थापा सहित ३९ जनाले पार्टी छाडे

  • प्रकाशित मितिः श्रावण ३०, २०७९
  • 397 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ ,साउन ३०–जनता समाजवादी पार्टी खोटाङका अध्यक्ष टंक थापासहित ३९ जनाले पार्टी छाडेका छन् । जनता समाजवादीको केन्द्रीय नेतृत्वले सैद्धान्ति, वैचारिक र सांगठानिक विचलन ल्याएको भन्दै पार्टी परित्याग गरेको पत्रकार सम्मेलन आयोजना गरी जनाएका छन् ।
साउन ३० गते दिक्तेलबजारमा पत्रकार सम्मेलन गरी केन्द्रीय अनुशासन आयोग सदस्य बीरबहादुर राई, १ नम्बर प्रदेश समिति सदस्य मोहन गुरुङ, उपाध्यक्ष तथा प्रदेश समिति सदस्य मनि राई, गीता श्रेष्ठ, नवीनकिशोर राई, वसन्ती राई, सचिव जिवराज पोखरेल, सहसचिव आशिस राई, कोषाध्यक्ष सावित्री राई, किरात राष्ट्रिय समिति सदस्य देवकुमार राई, जिल्ला सल्लाहकार सदस्य पंचशेर राईले पार्टी छाडेका हुन् ।
सचिवालय सदस्य तथा समाजवादी युवा प्रदेश उपाध्यक्ष दिपककुमार तामाङ, सचिवालय सदस्य प्रवचन राई, मनोज राई, युवराज अधिकारी, बाबुराम कार्की, सुशिला निनाम, जुलन राई, ध्यानकुमार राई, तिलक मुदेल, सरोज राई (हौंचुर), सचिवालय सदस्य एवम् ऐसेलुखर्क गाउ“पालिका अध्यक्ष किशोर राई, जिल्ला सदस्य सविन राई, भूपराज राई, चित्रकार कार्की, विनोद राई, जितकुमारी परियार, भगवती चाम्लिङ, देवान राई, कुमार श्रेष्ठ, किरण राई, सुजन राई, जिल्ला सदस्य तथा ऐसेलुखर्क गाउ“पालिका उपाध्यक्ष कृष्ण राईले पनि पार्टी परित्याग गरेका छन् ।
दिप्रुङ चुइचुम्मा गाउ“पालिका समिति सदस्य सन्तोष तामाङ, खार्मी र लफ्याङ वडा समिति अध्यक्ष सहित सबै, गैर भौगोलिक विशेष समिति सदस्य गजेन्द्र राई र गैर भौगोलिक विशेष समिति सदस्य तेन्जु तामाङले पनि पार्टी त्यागेको पत्रकार सम्मेलनमा जनाएका छन् ।
यस्तै, जसपाका केन्द्रीय सदस्यद्घय मदन राई र सूर्य राईले भने यसअघि नै जसपा परित्याग गरिसकेका छन् । नेपाल समाजवादी पार्टीको केन्द्रीय सदस्यमा नाम राखिए पनि उक्त पार्टीमा नरहने बताएका छन् । जसपामा ५३ सचिवालय सदस्य तथा ६ जना केन्द्रीय सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित