दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले निर्माण गरेको शपिङ कम्प्लेक्स र चिल्ड्रेनपार्कको जग्गा फिर्ता गर्न पत्राचार

  • प्रकाशित मितिः साउन २५, २०७९
  • 1134 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, साउन २५–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले निर्माण गरेको शपिङ कम्प्लेक्स र चिल्ड्रेनपार्कको जग्गा फिर्ता गर्न नेपाल बाल संगठनले पत्राचार गरेको छ । उक्त संरचना बनाएको जग्गा आफ्नो भएको दाबी गर्दै फिर्ता गर्न नगरपालिकालाई पत्राचार गरेको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ रत्नपार्कको कित्ता नं ११६४ को एक रोपनी सात आना तीन पैसा दुई दाम क्षेत्रफल भएको जग्गामा संरचना बनाएको भन्दै उक्त जग्गा फिर्ता गर्न साउन २३ गते पत्राचार गरेको हो । संरचना निर्माण सकिएको ६ महिनापछि बाल संगठनले आफ्नो जग्गा भएको दाबी गर्दै फिर्ता गर्न पत्राचार गरेको छ ।
उक्त संरचना निवर्तमान नगरप्रमुख दीपनारायण रिजालको पालामा उक्त भवन निर्माण भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र नगरपालिकाको साझेदारीमा चार करोड ३७ लाख ८४ हजार सात सय ५१ रुपैया“को लागतमा निर्माण गरिएको हो । उक्त संरचनाको ठेक्का उमा–लामा–अनसुवी जेभीले लिएको थियो । निर्माण कम्पनीले काम सकेपछि गत फागुन ३ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका निवर्तमान प्रमुख दीपनारायण रिजाल र निवर्तमान उपप्रमुख विणादेवी राईले उद्घाटन गरेका थिए ।
शपिङ कम्प्लेक्स्को तल्लोतला १४ वटा सटर र माथिल्लो तला रेष्टुरेन्ट हल, विभिन्न स्टल सञ्चालन गर्न मिल्ने संरचना बनाइएको थियो । व्यावसायिक प्रयोजनका लागि बनाइएको उक्त संरचनाको भाडा मासिक दुई लाख ९७ हजार उठ्ने गरी निर्माण गरिएको थियो । शपिङ कम्प्लेक्स्को माथिल्लो तलको पछाडिपट्टी चिल्डे«न पार्क बनाइएको छ । शपिङ कम्प्लेक्सको केही कोठाहरु भाडामा दिइएको छ । चिल्ड्रेन पार्क भने सञ्चालनमा आएको छैन ।
चिल्ड्रेनपार्क नजिक बनाइएको स्वीमिङ पुल भने निर्माण सकिएको चार महिनापछि भासिएको छ । शपिङ कम्प्लेक्सको पूर्वी मोहडाको पर्खाल समेत भासिएको छ । गुणस्तरहीन काम भएकाले भत्किएको स्थानीयको गुनासो छ । गुणस्तरहीनका कारण संरचना भत्किएपछि नगरपालिकाले छानविन सुरु गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित