‘गठबन्धन कांग्रेसलाई होइन, प्रचण्ड र माधवलाई चाहिएको हो’ : राजेन्द्र गौतम

  • प्रकाशित मितिः साउन 25, 2079
  • 965 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, साउन २५–नेकपा एमालेका स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले कांग्रेस गठबन्धन उपयोग गरेर आफू अनूकुलको सरकार बनाउने रणनीतिमा रहेको बताएका छन् । प्रेस चौतारी नेपाल खोटाङले साउन २५ गते दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा त्यस्तो बताएका हुन् ।
गौतमले कांग्रेस सकेसम्म एकलौटी सरकार बनाउने, मधेशवादी दलको साथ लिएर कम्युनिष्ट बेगरको सरकार बनाउने अथवा केही नलागेको अवस्थामा मात्र माओवादी सहितको सरकार बनाउने रणनीतिमा बढेको दाबी गरेका हुन् । गौतमले प्रचण्ड र माधव नेपालका लागि गठबन्धन चाहिएको पनि बताए ।
यो सरकारले ल्याएको नागरिकता विधेयक स्वीकार्य नहुने बताए । ‘नेपाली चेलीलाई विहे गरेर इन्डिया लगेको अवस्थामा सात वर्षसम्म नागरिकता नपाउने तर त्यहाँको चेली बिहे गरेर ल्याएपछि ‘एक हातमा सिदुर र अर्को हातमा नागरिकता दिने’ व्यवस्थासंग सहमत हुन सकिदैन’–गौतमले भने ।
गौतमले चुनावको मिति घोषणाअघि प्रचण्ड सहितका विशिष्ट नेता तथा एमाले अध्यक्ष ओलीबीच सहकार्यका लागि वार्ता भएको पनि दावी गरे ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित