सविना अछामे–
खोटाङ, साउन २५–साकेला गाउ“पालिका मात्तिम केन्द्रविन्दु बनाएर गएको भूकम्पमा क्षति पुगेका घरपरिवारलाई राहत वितरण गरिएको छ । गत साउन १५ गएको ६ रेक्टर स्केलको भूकम्पबाट घरमा पूर्ण क्षति पुगेको १४ परिवारलाई साउन २५ गते नेपाल रेडक्रस सोसाइटीले राहत वितरण गरेको हो ।
पहिलो चरणमा भूकम्प पीडितलाई प्रतिपरिवार एक थान त्रिपाल, दुई थान कम्बल, एक सेट साडी, बुट्टे कपडा सेट, एक सेट भा“डाकु“डा, बाल्टी लगायतका बन्दोबस्तीका सामान वितरण गरेको हो । भूकम्पबाट प्रभावित परिवारको संकटको अवस्थालाई सरल बनाउन गाउ“पालिकासंगको सहकार्यमा बन्दोबस्तीका सामाग्री वितरण गरिएको रेडक्रसका मन्त्री छत्रकुमार बजिमयले बताए ।
गाउ“पालिका अध्यक्ष रविप्रकाश राई, रेडक्रस सभापति ज्ञानेन्द्र जोशी, प्रमुख प्रशासकीय अधिकृत महेस राई, रेडक्रस मन्त्री बजिमय लगायतले भूकम्प पीडितलाई राहत हस्तान्तरण गरेका थिए । कार्यक्रममा गाउ“पालिका अध्यक्ष राईले भूकम्प पीडितलाई थप राहत उपल्वध गराउन माथिल्लो निकायमा पहल गर्ने आश्वासन दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित