नमस्ते खोटाङ संवाददाता–
खोटाङ, साउन २४–महालेखा प्रतिवेदनले जिल्लाका अधिकांश स्थानीय तहहरुमा बेथिति भएको औल्याएको छ । सामग्री खरिद गरेर दाखिला तथा वितरण नगरेको, ठेक्का मार्फत गर्नु पर्ने योजना उपभोक्ता समिति मार्फत गरिएको, विभिन्न योजनाहरुमा कामभन्दा बढी भुक्तानी भएको लगायतका कैफियत औल्याएको हो ।
हलेसी तुवाचुङ नगरपालिकामा सबैभन्दा बढी बेरुजु देखिएको छ । उक्त नगरमा २२ करोड ८७ लाख ४३ हजार बेरुजु देखिएको हो । उक्त नगरपालिका–३ स्थित बालम्बारी खानेपानी आयोजनाको उपभोक्ता समितिलाई काम भन्दा एक लाख दुई हजार दुई सय ३४ रुपैया“ बढी भुक्तानी भएकाले असुल गर्नु पर्ने, डौठेखोला सिंचाइ निर्माण आयोजना उपभोक्ता समितिसंग संझौता भएको भन्दो दुई लाख ११ हजार सात सय ७० रुपैया“ बढी भुक्तानी भएकाले असुल गर्नु पर्ने उल्लेख छ । सुन्तला पकेट व्यवस्थापन समितिलाई ५० प्रतिशत अनुदान नौ लाख ५८ हजार दुई सय ९० रुपैया“ भुक्तानी गर्नु पर्नेमा दश लाख गरिएकाले ४१ हजार सात सय दश रुपैया“ असुल गर्न पर्ने लगायतका थुप्रै बेरुजु बुझाउ“नु पर्ने प्रतिवेदनमा उल्लेख छ ।
जन्तेढुङ्गा गाउ“पालिकामा १९ करोड २५ लाख १८ हजार बेरुजु देखिएको छ । इन्टरनेट वापत जेके कम्प्युटर एण्ड इन्टरनेट सर्भिस दिक्तेललाई भुक्तानी गरेको आठ लाख ९५ हजार आठ सय ८० असुल गर्नु पर्ने, स्टेसनरीमा खर्च भएको ११ लाख ६१ हजार चार सय २४ नियम सम्मत नभएको, तामाडुङ खोला झोलुङ्गे पुल निर्माणमा उपभोक्ता समितिलाई दिएको भुक्तानीको नियमन गर्नु पर्ने लगायतका कैफियत देखाइएको छ ।
केपिलासगढी गाउ“पालिकामा १३ करोड ५५ लाख ५६ हजार बेरुजु देखाइएको छ । गाउ“पालिका अध्यक्ष कृष्णकुमार राई, उपाध्यक्ष हीराकुमारी वन, वडाअध्यक्षहरु वीरबहादुर तामाङ, बलिराज राई, खगेन्द्रबहादुर गुरुङ, गणेशबहादुर खधिकारी, खगेन्द्र राई, अशोककुमार राई, तेजकुमार राई लगायत कार्यपालिका सदस्यहरु सहित ३७ जना पदाधिकारीले दश हजार रुपैया“का दरले लिएको ती लाख ७० हजार पोषाक भत्ता, बैठक भत्ता वापत विभिन्न २० जना कर्मचारीले लिएको तीन लाख एक हजार सात सय ५० रुपैया“ असुल गर्नु पर्ने उल्लेख छ । यसबाहेक ठेक्का मार्फत निर्माण हुनु पर्ने पालिका भवन उपभोक्ता मार्फत गरिएको ४२ लाख ८१ हजार, आठ सय ३८ रुपैया“ नियमन गर्नु पर्ने लगायतका कैफियत औल्याएको छ ।
दिप्रुङ चुइचुम्मा गाउ“पालिकामा १२ करोड ७९ लाख ६५ हजार बेरुजु देखिएको छ । मातृ तथा नवजात शिशु कार्यक्रममा स्वास्थ्य संयोजक मुस्ताक अहमद मन्सुरीले चार लाख २९ हजार सात सय रुपैया“को खर्चको विल भर्पाइ बेगर फच्र्यौट गरेको, नवजात शिशु कार्यक्रमसम्वन्धी समीक्षा गोष्ठी तथा नवजात शिशुलाई घरभेट कार्यक्रम गरी वडामा खटिने स्वास्थ्य कर्मचारीलाई खाना, खाजा खर्च स्टेशनरी, झोला र दैनिक भत्ता उल्लेख गरी पेश्की फछ्यौट गरिएकाले असुल गर्नु पर्ने, औषधि खरिद गरेकोमध्ये ५० हजार चार सय ५५ रुपैया“को दाखिला हुन बा“की देखाइएको लगायतको कैफियत देखाइएको छ ।
दिक्तेल रुपाकोट मझुवागढीमा ११ करोड ४८ लाख ९४ हजार बेरुजु देखाएको छ । कानुन विपरित कानुनी सल्लाहकारमा चन्द्रबहादुर खड्कालाई नियुक्त गरेर मासिक ४० हजार तीन सय ८० रुपैया“का दरले पा“च लाख ७२ हजार नौ सय ४० र राजनीतिक सल्लाहकारमा कमल ढकाललाई नियुक्त गरेर मासिक ३५ हजार नौ सय ९० रुपैया“का दरले पा“च लाख १५ हजार आठ सय ७० रुपैया“ गैरकानुी रुपमा तलब खुवाएको उल्लेख छ ।
करारका कर्मचारीलाई गैरकानुनी रुपमा महंगी भत्ता वापत दश करारका कर्मचारीलाई प्रति महिना दुई हजारका दरले दुई लाख एक हजार नौ सय ६० रुपैया“ असुल गर्नु पर्ने उल्लेख छ । जस्तापाता, पाइप लगायतका सामग्री वितरण गर्न खरिद कुपनका आधारमा गरिएकाले नियम संगत नदेखिएको औल्याएको छ । खड्का हार्डवेयर सप्लायर्सलाई खानेपानी र जस्तापाता कुपनको आधारमा पेश भएको विल वापत तीन लाख ४४ हजार पा“च सय र लाहुरे हार्टवेयर सप्लायर्सले पाइप, खानेपानी ट्याङकी, सिमेन्ट र टवाइलेट प्यानसेट वितरण गरेवापत चार लाख ९० हजार पा“च सय ९५ रुपैया“ भुक्तानी गरेकाले उचित नदेखिएको औल्याइको छ । इन्धन शीर्षकमा ५३ लाख ८१ हजार चार सय ८५ रुपैया“ भुक्तानी गरेकाले मितव्यायिता अपनाउन सुझाएको छ ।
बराहापोखरी गाउ“पालिकामा दश करोड ७२ लाख ६८ हजार बेरुजु देखिएको छ । अलैचे खोला झोलुङ्गे पुलमा उपभोक्ता समितिलाई भुक्तानी गरेको १५ लाख ३५ हजार सात सय १७ रुपैया“ बराबरको बिल भर्पाइ नभएको, कोरोना नियन्त्रणका लागि इलेक्ट्रोलाइट एनालाइजर केपिटोल खरिदमा एमबिएम एण्ड डेन्टल हाउसलाई भुक्तानीमा दुई लाख ११ हजार तीन सय ३८ बढी देखिएको, पालिकालाई ब्ययभार हुने गरी कर्मचारीलाई नौ लाख ९६ हजार प्रोत्साहन भत्ता दिएको लगायतका कैफियत औल्याएको छ ।
साकेला गाउ“पालिकामा नौ करोड दुई लाख ३५ हजार बेरुजु देखिएको छ । खरिद प्रक्रिया मितव्यायी नभएको, खानेपानी पाइप, रंगरोगन, सडक स्तरोन्नति, वातावरणीय प्रभाव मूल्याङ्कन लगायतका काम प्रक्रिया नपु¥याई गराएर भुक्तानी दिइएको उल्लेख छ ।
माथिल्लो किवा–पतरुङ्ेटार सडक, बा“झेच्यानडाडा“ खेलमैदान निर्माण, बरडाडा“ कुनाइ सडक (ट्रयाक ओपन), माबु तगारे छिनामखु सडक लगायतका योजना उपभोक्ता समिति मार्फत गराई छ लाख ६१ हजार ३२ बढी भुक्तानी दिएकाले असुल गर्नु पर्ने उल्लेख छ ।
खोटेहाङ गाउ“पालिकामा आठ करोड ७१ लाख ३४ हजार बेरुजु देखिन्छ । कानुनी सल्लाहकारमा चन्द्रबहादुर खड्कालाई नियुक्त गरेर एक लाख ४४ हजार भुक्तानी दिएको, जेष्ठ नागरिक दन्त उपहार कार्यक्रममा खर्च भएको १३ लाख ३६ हजार चार सय नियमन गर्नु पर्ने लगायतका कैफियत औल्याएको छ ।
रावाबेसी गाउ“पालिकामा सात करोड ५२ लाख ९२ हजार बेरुजु देखिएको छ । होटल कुक तालिममा १८ जनालाई ४५ दिन सहभागी गराउने भनेर १४ जनालाई मात्र दिइएको चार लाख ६५ हजार आठ सय ११ मात्र भुक्तानी दिनु पर्नेमा १८ जनाकै भुक्तानी दिएको पाइएकाले बढी भुक्तानी दिइएको एक लाख १३ हजार ८८ असुल गर्नु पर्ने औल्याएको छ ।
उक्त पालिकाको वडा नं–४ डुम्रेधारापानीमा आधारभूत स्वास्थ्य इकाइ भवन निर्माणमा पालिकाको १६ लाख ५३ हजार र उपभोक्ता समितिको एक लाख ७६ हजार ८९ गरी कुल १८ लाख २९ हजार ८९ मा सम्पन्न भएकोमा त्यो भन्दा एक लाख ६८ हजार रुपैया“ बढी भुक्तानी भएकाले उक्त रकम उपभोक्ता समितिबाट असुल गरी राजस्व दाखिला गर्न भनिएको छ ।
ऐसेलुखर्क गाउ“पालिकामा ६ करोड ८४लाख ३३ हजार बेरुजु देखिन्छ । कानुन विपरित कानुनी सहल्लाहकार नियुक्त गरेर कृष्णबहादुर राईलाई मासिक १५ हजार रुपैया“का दरले एक लाख ८० हजार भुक्तानी गरेको, गाउ“पालिका अध्यक्ष विश्वनाथ निरौला, उपाध्यक्ष पुष्पकला भुजेल लगायत जनप्रतिनिधिहरुले नियम विपरित लिएको अनुगमन भत्ता वापतको ३५ हजार ती सय १७ रुपैया“ असुल गर्नु पर्ने, पालिका अध्यक्ष निरौला लगायतले योजना अनुगमन वापत भुक्तानी लिएको एक लाख ५३ हजार असुल गर्नु पर्ने, कोरोना महामारीमा खटिएका कर्मचारीले लिएको सुविधा वापत १५ प्रतिशत कर कट्टा गर्नु पर्नेमा एक प्रतिशत मात्र गरेकाले अपुग कर दाखिला गर्नु पर्ने लगायतका कैयौ कैफियत औल्याइएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित