भूकम्पले क्षति

  • प्रकाशित मितिः साउन १५, २०७९
  • 875 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, साउन १५–साकेला गाउ“पालिका–५ मात्तिमविर्ता केन्द्र बनाएर साउन १५ गते विहान गएको भूकम्पले सामान्य मात्र क्षति पु¥याएको प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाई“ले बताएका छन् । उनका अनुसार बिहान ८ बजेर १३ मिनेट जा“दा गएको भूकम्पले घरहरु सामान्य चर्किएको पाइएको छ । यद्यपि लगत सङ्कलनको काम भने भइरहेको उनको भनाई छ । गाउ“पालिका उपाध्यक्ष विर्सिका राईले भूकम्पपछि स्थलगत अनुगमन भइरहेको बताएकी छन् । उनका अनुसार हलेसी तुवाचुङ नगरपालिका–७ हलेसीका गंगा राई, पडा नं ९ सल्लेका ध्रुब पौडेलको घर र वडा नंं ५ दुर्छिम तेजबहादुर नेपालीको घर भत्किएको हो । साकेला गाउ“पालिकामा २७ घर सामान्य चर्किएका छन् । भूकम्पको कम्पनले जिल्लाभर धक्का दिएको थियो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित