नमस्ते खोटाङ संवाददाता–
खोटाङ, साउन ९–ऐसेलुखर्क गाउ“पालिकाको निर्माणाधीन भवन गुणस्तरहीन बनाउ“ने तीन निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राखेको छ । रुजन के निर्माण सेवा प्रालि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङ, जगदम्बा निर्माण कम्पनी प्रालि काठमाडौं, भुवनेश्वरी एण्ड बैभव विल्डर्स प्रालि काठमाडौंलाई एक वर्षका लागि कालो सूचीमा राखेको हो ।
भवन निर्माण गुणस्तरहीन भएपछि गाउ“पालिकाले पुस ११ गतेको निर्णयले ठेक्का संझौता रद्द, धरौटी जफत, उक्त भवन निर्माणका लागि पेश्की फिर्ता र निर्माणमा संलग्न निर्माण कम्पनीलाई कालो सूचीमा राख्न सिफारिस गरेको थियो । गुणस्तर अनुसन्धान तथा विकास केन्द्र ललितपुरले गुणस्तरहीन भएको पुष्टि गरेपछि ठेक्का रद्द गरिएको थियो । केन्द्रले दिएको प्रतिवेदन समेत किर्ते गरेर गाउ“पालिकालाई बुझाएको र गुणस्तरका लागि पटक–पटक अनुरोध गर्दा समेत बेवास्ता गरिएकाले ठेक्का रद्द गरी कालो सूचीमा राखिएको गाउ“पालिकाले जनाएको छ ।
उक्त भवन तीन करोड ६९ लाख ८५ हजार आठ सय ७३ रुपैया“को लागत स्टीमेटको आधारमा टेण्डर आह्वान गरिए पनि मुल्यअभिबृद्धि कर सहित दुई करोड ६८ लाख ४३ हजार तीन सय ४६ रुपैया“मा ठेक्का पारेको थियो । काम चित्त नबुझेपछि २०७८ जेट २१ गते भवनको भुइ“तलाको पिलरको नमूना परीक्षणका लागि गुणस्तर अनुसन्धान तथा विकास केन्द्रमा पठाइएको थियो ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित