नमस्ते खोटाङ संवाददाता–
खोटाङ, साउन ७–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाडा“स्थित खानेपानी योजनामा अनियमितता भएको खुलेको छ । एउटै योजनामा प्रदेश सरकार र नगरपालिकाबाट रकम भुक्तानी गरेको खुलासा भएको हो ।
सर्वेधारा खानेपानी योजनामा प्रदेश १ अन्तरगत खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको बजेट परेको हो । प्रदेश सरकारको तीन लाख ४४ हजार सात सय ५० रुपैया“को लागतमा इन्टेक निर्माण र सात सय मिटर पाइप लाइन विस्तार गरिएको डिभिजन कार्यालयका सूचना अधिकारी इन्जिनियर मोहन महासेठको भनाई छ । यसैलाई देखाएर नगरपालिकाबाट पनि पा“च लाख सात हजार भुक्तानी गरिएको उजुरी आएपछि यसलाई छानविन सुरु गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका उपप्रमुख विशन राईले बताए । ‘एउटै योजनामा दुई तिरबाट बजेट भुक्तानी भएको भन्ने उजुरी आएको छ ।’ राईले भने–‘भष्ट्राचार अन्त्यका लागि निर्मम भएर लाग्नु पर्ने अवस्था आएको छ, यसमा संलग्न जोसुकैलाई पनि कारबाही गरिन्छ ।’
आर्थिक वर्ष २०७७/७८ मा डिपिआर तयार गरिएको र आर्थिक वर्ष २०७८/७९ को बजेटबाट योजना सम्पन्न गरिएको हो । उपभोक्ता समितिका अध्यक्ष जीवन ढकाल र प्रदेश १ अन्तरगत खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय डिभिजन प्रमुख इन्जिनियर धर्मेन्द्रकुमार केसरी बीच २०७८ पुस २८ गते संझौता गरी काम थालिएको थियो । उक्त योजनाका काम सकिएपछि २०७८ चैत २३ गते भुक्तानी भएको देखिन्छ ।
आर्थिक वर्ष २०७८/७९ को बजेट अन्तरगत नगरपालिकाबाट विनियोजित छ लाख रुपैया“को लागतमा पा“च वटा धारा, एउटा रिजर्भ ट्याङ्की सक्ने गरी २०७८ चैत २३ गते उपभोक्ता समितिका अध्यक्ष नवराज परियार र नगरपालिका बीच संझौता गरिएको स्थानीय शिक्षक तथा उपभोक्ता समितिका सदस्य चिरन्जीवी ढकालले बताए । पूरै काम नसकिएकाले पा“च लाख सात हजार रुपैया“ मात्र भुक्तानी भएको ढकालको भनाई छ । अपूरा काम पनि यसै साता सक्ने ढकालले बताए । यद्यपि काम नसकी भुक्तानी भने भइसकेको छ । दोहोरो भुक्तानीको बारेमा बुझ्दा प्रदेशको बारैमा आफूहरुलाई थाहा नभएको ढकालले दाबी गरे । वडाअध्यक्ष हरिप्रसाद चौलागाई“ले भने काम गरेको देखिएकाले रकम निकासाका लागि सिफारिस गरिदिएको बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १९–भिरबा�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित