नगरपालिकाले आमा समूहलाई दिएको मिल एक्लैले कब्जा गरेपछि...

  • प्रकाशित मितिः साउन ६, २०७९
  • 1131 पटक पढिएको
  • संवादताता

खृष्टिका राई/सदीक्षा राई–
खोटाङ, साउन ६–हलेसी तुवाचुङ नगरपालिकाले आमा समूहलाई दिएको मिल एक्लैले कब्जा गरेपछि विवाद सिर्जना भएको छ । उक्त नगरपालिकाको वडा नं ५ दुर्छिमस्थित बोहेम्मा भन्ज्याङस्थित सुरक्षित मातृत्व आमा समूहलाई दिएको कुटानी–पिसानी मिल समूहकी सचिव कुमारी राईले कज्जा गरेपछि विवाद सिर्जना भएको हो ।
स्थानीय स्वास्थ्य स्वयम् सेविका समेत रहेकी राईले मिल कब्जा गरेपछि नगरपालिकामा पटक–पटक अनुरोध गर्दा समेत बेवास्ता गरेको स्थानीयको गुनासो छ । नगरले बेवास्ता गरेपछि २९ घर उपभोक्ताले साउन ५ गते कुमारी राईको कब्जाबाट मिल उठाएर आमा समूहको भवनमा राख्दा समेत उल्टो लुटेर लगेको आरोप लगाएको सुजन राईले बताए । ‘३० घरमध्ये २९ घरले पटक–पटक अनुरोध ग¥यौं, तर नगरले वास्तै गरेन ।’ राईले भने–‘बरु मिल लुटेर लगेको आरोप लगाइयो ।’ राईले थपे–‘त्यत्ति मात्र कहा“ हो र एक तोला आधाको बेरुवा औठी हराएको समेत निवेदन दिइएको छ ।’
यस विषयमा असार ६ गते वडाअध्यक्ष रुपेन्द्रकुमार राई, जिल्ला समन्वय समिति सदस्य ज्ञानेन्द्र राई, महिला सदस्य गमिता राई, दुर्छिमस्थित प्रहरी प्रतिनिधि सहितको छलफलमा समेत सहमती जुट्न नसकेको स्थानीय राईले बताए । तस्बिर : खृष्टिका राई

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित