किरात प्रदेशको माग गर्दै प्रदर्शन

  • प्रकाशित मितिः साउन ६, २०७९
  • 815 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, साउन ६–किरात प्रदेशको माग गर्दै साउन ६ गते दिक्तेल बजारमा प्रदर्शन गरिएको छ । पहिचानको आधारमा प्रदेश १ को नाम किरात राख्नु पर्छ भन्दै प्रदर्शन गरेका हुन् ।

photo
किरात राई यायोक्खाले आयोजना गरेको प्रदर्शन दिक्तेलको किरातचौक, रत्नपार्क, बेसक्याम्प, त्रिवेणीचौक, हाटडाडा“ हुदै भवन गैह«ामा टुङ्गिएको थियो । प्रदर्शनका क्रममा हाटडाडा“मा भएको कोणसभालाई नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदका अध्यक्ष फूर्बा सेर्पा, त्रिवेणीमा भएको कोणसभालाई डाक्टर केके राई, पुरानो बेसक्याम्पमा किरात खेलकुद संघका केन्द्रीय अध्यक्ष सन्जयकुमार राई, भवन गैह«ामा भएको कोणसभालाई सामाजिक अभियान्ता पर्खनबहादुर राई र किरात राई यायोक्खा खोटाङका अध्यक्ष हात्तिमराम राई तथा किरात चौकमा चाम्लिङ राई खाम्मातिम खोटाङका अध्यक्ष ध्यानबहादुर राईले संवोधन गरेका थिए । उनीहरुले किरात शब्द जाति नभई सभ्यता भएकाले यसैको आधारमा प्रदेशको नाम पनि किरात हुनु पर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित