फरार दोषी पक्राउ

  • प्रकाशित मितिः मंसिर १४, २०७५
  • 1332 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-
खोटाङ, मङ्सिर १४–ज्यान मार्ने उद्योगमा दोषी ठहरिएका केपिलासगढी गाउ“पालिका–७ सुङ्देलका ५६ वर्षीय शानकुमार राई पक्राउ परेका छन् । जिल्ला अदालत खोटाङले २०६४ साल बैशाख २० गते छ वर्ष सात महिना दश दिन जेल सजाय तोकेको राई मङ्सिर १३ गते पक्राउ परेका हुन् । घरमै लुकेर बसेको अवस्थामा पक्राउ परेका राईलाई मङ्सिर १४ गते अदालतमा बुझाएको र त्यसै दिन जेल भुक्तानका लागि कारागार पठाइएको प्रहरी नायव उपरीक्षक राजकुमार केसीले बताए ।
त्यस्तै ज्यान मार्ने उद्योगमा दोषी ठहरिएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङका १८ वर्षीय प्रभाकर राई पनि पक्राउ परेका छन् । जिल्ला अदालत खोटाङले २०७१ पुस ८ गते तीन वर्ष एघार महिना आठ दिन जेल सजाय र पा“च हजार एक सय जरिवाना तोकेको राईलाई मङ्सिर ८ गते भक्तपुरको मध्यपुर नगरपालिका–४ नया“ठिमीमा पक्राउ गरेको हो । उनलाई मङ्सिर ११ गते जिल्ला अदालत खोटाङमा बुझाइएको थियो । राईलाई त्यसै दिन जेल भुक्तानका लागि कारागार पठाइएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित