करार सेवा अवधि नथप्ने निर्णयले आन्दोलित

  • प्रकाशित मितिः साउन 3, 2079
  • 869 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, साउन ३–करारमा भर्ना गरिएका कर्मचारीलाई अवकाश दिने विषयले आन्दोलनको रुप लिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, जन्तेढुङ्गा गाउ“पालिकाका लगायतका स्थानीय तहमा करारमा भर्ना गरिएका कर्मचारी हटाउ“ने निर्णयपछि कर्मचारीहरु आन्दोलनमा समेत उत्रिएका छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा २८ जना करारका कर्मचारी हटाउने निर्णयपछि नेपाल निजामती कर्मचारी संगठनले विरोध जनाएको छ । जन्तेढुङ्गा गाउ“पालिकामा ८१ करारका कर्मचारीको सेवा अवधि नथप्ने निर्णयपछि एमालेले तालाबन्दी समेत गरेको छ । असारमसान्तमा करार सेवाको अवधि सकिएपछि नथप्ने निर्णय गरेको हो । गा“स खोसिएकाले आन्दोलन गर्नु परेको विरोधकर्ताहरुको भनाई छ । सत्ता पक्षले भने स्थानीय तहलाई एमालेको भर्तीकेन्द्र बनाएको र यसले स्थानीय तहले धान्न नसक्ने भएकाले करार सेवा अवधि नथप्ने निर्णय गरिएको बताएको छ ।  ‘संघीयतालाई बद्नाम गराउन स्थानीय तहलाई एमालेले भर्ती केन्द्र बनाएको छ ।’ एक जनप्रतिनिधिले भने–‘एउटा पार्टीको कार्यकर्तालाई भरण पोषण गर्न स्थानीय तहले सक्दैन, त्यसैले करार सेवा नथप्ने निर्णय गरिएको हो ।’

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित