खोटाङका सबै स्थानीय तहमा बेरुजुको उरुङ

  • प्रकाशित मितिः साउन २, २०७९
  • 1106 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, साउन २–महालेखा परीक्षकको कार्यालयले जिल्लाका स्थानीय तहहरुमा बेरुजु औल्याएको छ । महालेखाले असार २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको आर्थिक वर्ष २०७७/७८ को लेखा परीक्षण प्रतिवेदनमा जिल्लाका १० स्थानीय तहमा बेरुजु औल्याएको हो ।
उक्त लेखा परीक्षण प्रतिवेदनमा दिक्तेल रुपाकोट मझुवमागढी नगरपालिकामा सात करोड ५२ लाख ९७ हजार, हलेसी तुवाचुङ नगरपालिकामा पाच करोड ४४ लाख ५१ हजार, केपिलासगढी गाउ“पालिकामा पाच करोड छ लाख १२ हजार, ऐसेलुखर्कमा दुई करोड ३९ लाख, २८ हजार, रावाबेसीमा दुई करोड ४९ लाख ३३ हजार बेरुजु देखाएको छ ।
त्यसैगरी साकेला गाउ“पालिकामा एक करोड ४६ लाख ८६ हजार, दिप्रुङ चुइचुम्मामा ३ करोड ३७ लाख ८३ हजार, खोटेहाङमा तीन करोड तीन लाख ७५ हजार, जन्तेढुङगामा पा“च करोड ३८ लाख ८२ हजार र बराहपोखरी गाउ“पालिकामा चार करोड ३१ लाख ८५ हजार बेरुजु देखाएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित