दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले २८ करार कर्मचारीको म्याद नथप्ने

  • प्रकाशित मितिः साउन १, २०७९
  • 1051 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, साउन १–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले २८ करार कर्मचारीको म्याद नथप्ने भएको छ । म्याद नथप्नासाथ उनीहरुको जागिर जाने निश्चित भएको छ ।
नगरपालिकाका प्रशासन शाखा प्रमुख ढुण्डीराज पाण्डेका अनुसार कृषिका ११, भेटेरीनरी ९, कार्यालय सहयोगी पा“च, ड्राइभर दुई र प्राविधिक एक गरी २८ जनाको जागिर जाने भएको हो । अन्यको पनि करार अवधि थपिएको छैन । स्वास्थ्य, फोहर मैला व्यवस्थापन, ब्लड बैंक लगायतका कर्मचारी भने म्याद थपिने देखिएको छ । नगरपालिकाका विभिन्न वडा सहित एक सय २० कर्मचारी करारमा छन् ।
सम्वन्धित कर्मचारीहरुलाई जानकारी नदिई असार २५ गतेको मिति राखेर असार ३२ गते नगरपालिकामा सूचना टा“सिएको पाण्डेले बताए । निवर्तमान नगरप्रमुख दीपनारायण रिजालको कार्यकालमा नियुक्त गरिएका करारका कर्मचारी हटाउ“न लागिएको पाण्डेको भनाई छ । राजनीतिक प्रतिशोधले कर्मचारी हटाउ“ने प्रपन्च रचिएको उनले बताए ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले भने म्याद नथपे पनि प्रक्रिया पु¥याएर आवश्यक कर्मचारी नियुक्त गरिने बताए । ‘अरु केही होइन, आवश्यकताका आधारमा प्रक्रिया पु¥याएर कर्मचारी नियुक्त गरिने छ ।’

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित