नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार २९–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गुणस्तरहीन सडकको भुक्तानी रोकेको छ । उक्त नगरपालिका–८ बुवालुङमा निर्माण गरिएको सडक गुणस्तरहीन भएपछि भुक्तानीमा रोकेको हो ।
मध्यपहाडी लोकमार्गदेखि वडा कार्यालय भवनसम्म गरिएको सडक ढलानको भुक्तानी रोकिएको हो । अनुगमनमा प्रदेश १ का योजना आयोगका उपाध्यक्ष डा. पूर्ण लक्सम, सहसचिव अम्बिकाप्रसाद चौलागाई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राई लगायतको टोलीले असार २४ गते अनुगमन गरेको थियो । अनुगमनको क्रममा त्रुटी देखिएको र त्यसलाई सुधार्न सुझाव दिएको प्रदेश १ का प्रदेश योजना आयोगका सहसचिव चौलागाईले बताए ।
अनुगमन समितिका संयोजक तथा नगर उपप्रमुख विशन राईले गुणस्तरहीन जुनसुकै योजनाको भुक्तानी रोकिने बताए । नगरलाई भ्रष्टाचार मुक्त बनाउ“ने योजनाका साथ लागी परेको उनको भनाई छ । बुवालुङको सडक ढलान मात्र होइन अन्य गुणस्तरहीन जुनसुकै योजनाको भुक्तानी नगरिने राईले बताए ।
स्थानीय हरिकुमार खत्रीको अध्यक्षतामा बनेको उपभोक्ता समिति मार्फत सडक ढलान गरिएको थियो । संघीय सरकारको ७६ लाख ८२ हजार दुई सय ७६ र नगरपालिकाको दश लाख गरी ८६ लाख ८२ हजार दुई सय ७६ रुपैया“को लागतमा सक्ने गरी २०७८ असोज १८ गते संझौता भएको थियो । उक्त रकमले पा“च सय ५० मिटर लम्बाइ र साडे चार मिटर चौडाइको सडक ढलान गरिएको वडाअध्यक्ष लीलाकुमार चौहानले बताए । उक्त सडक खन्न १८ लाख ७२ हजार पेश्की लिएको थियो । काम गुणस्तरहीन भएको भन्दै गत माघ २ गते जिल्ला प्रशासन कार्यालय खोटाङ र अख्तियार आयोगमा समेत उजुरी परेको थियो ।
वडाअध्यक्ष चौहानले भने राजनीतिक प्रतिशोधले सुनियोजित तरिकाले भुक्तानी रोकिएको आरोप लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १९–भिरबा�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित