‘विश्वमा ५२ माटो विनास भइसक्यो, अब ६० वर्षसम्म मात्र बाली उत्पादन गर्न सकिन्छ’ : ‘माटो जोगाऔं’ अभियान्ता

  • प्रकाशित मितिः असार २८, २०७९
  • 896 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, आसर २८–माटो बचाउ अभियान्ताहरुले विश्वमा ५२ प्रतिशत खेतीयोग्य माटो विनास भइसकेको बताएका छन् । असार २७ गते जिल्ला समन्वय समितिको सभा हलमा आयोजित कार्यक्रममा त्यस्तो जनाएका हुन् ।
माटोको आयु संकटमा परेकाले यसलाई जोगाउनु पर्ने उनीहरुले धारणा राखेका छन् । संसारमा अब ६० वर्षसम्म मात्र बाली उत्पादन गर्न सक्ने समेत बताएका छन् । संयुक्त राष्ट्र संघको मरुभूमीकरण र खडेरी विरुद्ध संघर्ष अधिवेशन संस्थाको तथ्याङ्क अनुसार हरेक सेकेण्ड एक एडक खेतीयोग्य माटो मरुभूमी बनिरहेकाले यसको संरक्षणमा जुट्नु पर्ने धारणा राखे ।
माटो जोगाउ“न पर्वतका यमबहादुर चोचाङ्खी पुन (नवीन पुन) दौड गरिरहेका छन् । उनले तीन हजार पा“च सय किलोमिटर दौडिने छन् । उनले जेठ ३० गते काठमाडौंको टुँडिखेलबाट दौड सुरु गरेका हुन् । उनको अभियानलाई ‘माटो जोगाऔं’का अभियानता अजय भण्डारी, निर्मल श्रेष्ठ र सनम लिम्बुले साथ दिइरहेका छन् । भण्डारी श्रेष्ठ र लिम्बु भने दौडेर होइन सवारी साधनबाटै चक्कर लगाइरहेका छन् । माटो जोगाउ“न जनचेतना र सामुदायिक सचेतनाका कार्यक्रम पनि भइरहेको उनीहरुले बताएका छन् ।
‘माटो जोगाऔं’ अभियान भारतका सदगुरु जग्गीबासुदेवले सुरु गरेका थिए । उनले विश्वका विभिन्न देश चाहारेका छन् ।

mato
‘माटो जोगाऔं’ सचेतनामुलक कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई लगायतले हातले माटोको छाप लगाएर उद्घाटन गरेका थिए । कार्यक्रम सीता थुलुङ राई, इन्द्र कसजु, शुभम् फाउण्डेशन, सितोरियो कराते लगायतको सक्रियतामा भएको थियो । कार्यक्रममा दलका नेता, जनप्रतिनिधि, सरकारी कार्यालय र सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, शिक्षक, बुद्धिजिवी, विद्यार्थी लगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित