नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार २०–ऐसेलुखर्क गाउ“पालिकाको लिदिङ खोलास्थित निर्माणाधीन पुल गुणस्तरहीन पुष्टि भए पनि त्यसको भुक्तानी दिन दबाब परेको छ । निर्माणको सुरुवाती चरणमै परीक्षण गर्दा गुणस्तरहीन पुष्टि भएको पुलको भुक्तानी दिन दबाब परेको हो ।
उक्त पालिकाको वडा नं १ राखावाङ्देल र वडा नं ३ ऐसेलुखर्कको बीचमा पर्ने पुलको ठेक्का पुष्पाञ्जली जिम्बा जेभीले लिएको थियो । तीन करोड २० लाख १८ हजार नौ सय ११ रुपैया“को लागतमा २०७९ भदौ २८ गतेभित्र सक्ने गरी २० २०७७ फागुन २८ गते संझौता भएको थियो । उक्त निर्माणाधीन पुलको जगमै गुणस्तरहीन भएको परीक्षण देखाएको थियो ।
उक्त पुलमा प्राविधिकले संझौता अनुसार काम नभएको, गुणस्तरहीन सामान प्रयोग गरिएको भन्ने गुनासो आएपछि परीक्षण गर्न पठाउ“दा रिपोर्ट फेल आएको थियो । गुणस्तर अनुसन्धान तथा विकास केन्द्र ललितपुरले २०७८ मङ्सिर २ गते पठाएको रिपोर्ट अनुसार गुणस्तर नपुगेको र त्यसको आधारमा निर्माण नै रोक्न गाउ“पालिकाले पत्राचार गरेको थियो । केन्द्रले गरेको परीक्षणमा फेल देखिएपछि अर्को निजी कम्पनीलाई परीक्षण गराएर पास भएको पेश गरेको र त्यसैको आधारमा भुक्तानी मागेका हुन् ।
उक्त निर्माण कम्पनीले काठमाडौंको डिल्लीबजारस्थित विश्व कन्सर्ट प्रालिलाई परीक्षण गराउ“न लगाएर पास भएको रिपोर्ट चैत २७ गते गाउ“पालिकालाई बुझाएको थियो । सुरुमा उक्त विश्व कन्सट प्रालिले पनि फेल भएको रिपोर्ट दिएको थियो । तर निर्माण कम्पनीले भने उक्त विश्व कन्सल्ट प्रालिकै परीक्षणमा आएको भने पास भएको बुझाइएको हो ।
सुरुमा ढलान गर्ने मसला (कङ्क्रिट क्युटेष्ट)को परीक्षण फेल भएपछि निर्माण कम्पनीले कोरकटिङ टेष्ट (ढलान गरेको ठाउ“को सामग्री काटेर परीक्षण) गर्न अनुरोध गरेपछि दोश्रो चोटी परीक्षणमा पठाइएको थियो । पछिल्लो चोटी निर्माण कम्पनी आफैंले खोजेको परीक्षण केन्द्रले पास परेको रिपोर्ट आएकाले सेटिङमा मिलाइएको आशंकाले भुक्तानी रोकिएको थियो । गाउ“पालिका अध्यक्ष गिरेन्द्रबहादुर राईले फेरि परीक्षण गराउ“ने र त्यसको आधारमा भुक्तानी दिने÷नदिने टुङ्गो लाग्ने बताए । निर्माण कम्पनीले फेरि प्राइभेट कम्पनीमा परीक्षण गराउ“ने र सेटिङमै पास गराएर भुक्तानी लिने चालबाजी गरेकाले भुक्तानी दिन नसकिएको गाउ“पालिका गाउ“पालिका श्रोतले जनाएको छ ।
पुलको जगमै गुणस्तरहीन पुष्टि भइसकेकाले भुक्तानी दिदा समस्या आउ“ने एक कर्मचारीले बताए । निवर्तमान पदाधिकारी हु“दा गुणस्तरहीन पुल भत्काएर फेरि बनाउ“ने भन्ने कुरा भएको तर नव निर्वाचित पदाधिकारी आएपछि घुमाउ“रो भाषामा भुक्तानी नियत देखिएको श्रोतले बतायो । अध्यक्ष प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवले भने प्राविधिक प्रतिवेदनका आधारमा निर्णय लिइने बताइन् । निर्माण कम्पनी सम्बद्ध उमेश पौडेलले भने फिल्डमै आएर मेजरमेन्ट गरेपछि पास भएको बताउ“दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १९–भिरबा�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित