नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार २९-पहिरोले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा ६ परिवार विस्थापित भएका छन् । असार १७ गते राति परेको अविरल वर्षाका कारण जालपाको साबालुङमा ५ र घलेगाउँमा १ गरी ६ परिवार विस्थापित भएका हुन् ।
झरीले गाउँ चिराचिरा परेपछि साबालुङका रामीरा राई, शारदा राई, भीमबादुर राई, कर्णबहादुर राई र जीतबहादुर राई र घलेगाउँका धनबहादुरको परिवार विस्थापित भएको वडाध्यक्ष दानबहादुर राईले बताए । थप पहिरोको जोखिम बढेपछि साबालुङको बर्मालीघर टोलमा अस्थायी टहरा बनाएर उनीहरूलाई राखिएको स्थानीय प्रसाद राईले बताए ।
उनीहरूलाई प्लास्टिकको टनेल टाँगेर अस्थायी बसोबासको व्यवस्था मिलाइएको वडाध्यक्ष राईले जानकारी दिए । विस्थापितमध्ये रामीरा एकल महिला र शारदा अभिभावकविहीन हुन् । उनीहरूको आर्थिक अवस्थासमेत नाजुक रहेको वडाध्यक्ष राईले बताए ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित