नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार १४–यो वर्षको राष्ट्रिय बृक्षरोपण दिवसमा दिक्तेलको मझुवागढी क्षेत्रमा विरुवा रोपिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको पर्यटकीय मझुवागढी क्षेत्रमा ‘फूलको पहाड’ बनाउ“ने उद्देश्यले फूल जन्य विरुवा रोपिएको हो ।
दिवसको अवसरमा असार ७ गतेदेखि बृक्षरोपण गरिएको हो । यस अवसरमा रुख कमल, कामिनी, असारे, कल्की, ज्याकाराण्डा, कपु, जाइ, धुपी, गुरास, रामबृक्ष, स्वामी लगायतका पा“च सय विरुवा रोपिएको डिभिजन प्रमुख जगदीश रेग्मीले बताए । कालिका भगवती, बुढेश्वरगुफा लगायत मझुवागढी क्षेत्रमा पर्ने पर्यटकीय तथा धार्मिक स्थलको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले फूलको पहाड बनाइने भएको सामुदायिक वन उपभोक्ता महासंघ खोटाङका अध्यक्ष राजेन्द्र राईले बताए ।
मझुवागढी क्षेत्रलाई हेर्न लायक ‘फूलको पहाड’ बनाउ“न सबैसंग सहकार्य गर्ने नगरप्रमुख तीर्थराज भट्टराईले बताए । नगरको धार्मिक तथा पर्यटकीय क्षेत्र भएकाले यसको विकासले पर्यटन प्रबद्र्धन हुने भट्टराईको भनाई छ । हलेसी आउ“ने तीर्थालुलाई मझुवागढी क्षेत्रको कालिका भगवती र बुढेश्वरगुफासम्म ल्याउ“ने योजनाका साथ ‘फूलको पहाड’ बनाउ“ने योजना बनाइएको नगरप्रमुख भट्टराईले बताए ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे खोटाङ, चैत ६–प्रभु बैंक दिक्तेल शाखा... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १–जिल्ला अस... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन २८–कोसी प... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन २७–कोसी प... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन २२–यो वर्... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2023 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित