दिक्तेल रत्नपार्कको शपिङ कम्प्लेक्स र चिल्ड्रेनपार्कको पर्खाल भासियो

  • प्रकाशित मितिः असार १३, २०७९
  • 389 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार १३–दिक्तेल रत्नपार्कमा बनाइएको शपिङ कम्प्लेक्स र चिल्ड्रेन पार्कको टेवा पर्खाल भासिएको छ । उद्घाटन भएको चार महिनामै भासिएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र नगरपालिकाको साझेदारीमा चार करोड ३७ लाख ८४ हजार सात सय ५१ रुपैया“को लागतमा निर्माण गरिएको हो । उक्त संरचनाको ठेक्का उमा–लामा–अनसुवी जेभीले लिएको थियो । निर्माण कम्पनीले काम सकेपछि गत फागुन ३ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका निवर्तमान प्रमुख दीपनारायण रिजाल र निवर्तमान उपप्रमुख विणादेवी राईले उद्घाटन गरेका थिए ।

parkhal photo
शपिङ कम्प्लेक्स्को तल्लोतला १४ वटा सटर र माथिल्लो तला रेष्टुरेन्ट हल, विभिन्न स्टल सञ्चालन गर्न मिल्ने संरचना बनाइएको थियो । व्यावसायिक प्रयोजनका लागि बनाइएको उक्त संरचनाको भाडा मासिक दुई लाख ९७ हजार उठ्ने गरी निर्माण गरिएको थियो । शपिङ कम्प्लेक्स्को माथिल्लो तलको पछाडिपट्टी चिल्डे«न पार्क बनाइएको छ । चिल्ड्रेनपार्क नजिक बनाइएको स्वीमिङ पुल पनि भासिएको छ । शपिङ कम्प्लेक्सको पूर्वी मोहडाको पर्खाल समेत भासिएको छ ।

parkhal
चिल्ड्रेनपार्क प्रयोगमा आएको छैन । शपिङ कम्प्लेक्स पनि पूर्ण रुपमा भाडा लागेको छैन । प्रयोगमा नआई संरचना भत्किएकाले यसबारेमा विस्तृत बुझेर प्रतिवेदन बुझाउ“न असार १२ गते नै निर्देशन दिएको नगरप्रमुख तीर्थराज भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित