दिप्रुङ चुइचुम्माले ६० करोड ६९ लाख बढीको बजेट प्रस्तुत ग¥यो

  • प्रकाशित मितिः असार ११, २०७९
  • 1354 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार ११–दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ६० करोड ६९ लाख ३९ हजार बजेट प्रस्तुत गरेको छ । असार ८ गते उपप्रमुख अरुणा थापामगरले आर्थिक वर्ष २०७९÷०८० का लागि उक्त बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।
प्रस्तुत बजेटमा सङ्घीय सरकारबाट वित्तीय समानीकरण अनुदान दश करोड ३७ लाख, राजस्व बाडफाँटबाट आठ करोड ६२ लाख १९ हजार, प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान ५५ लाख २८ हजार, राजस्व बाँडफाट (सवारीकर) ३९ लाख १३ हजार र विभिन्न स्थानीय कर र शुल्कबाट आन्तरिक आय ३० लाख तथा प्रशासनिक सुधारबाट दुई करोड ५० लाख गरी २२ करोड ७३ लाख ६० हजार अनुमानित आय प्रक्षेपण गरिएको छ । प्रक्षेपण गरिएको अनुमानित आयलाई पुँजीगत खर्चमा १५ करोड ४९ लाख चार हजार र चालु खर्चका लागि रु सात करोड २४ लाख ५० हजार छुट्याइएको छ ।
सङ्घीय सरकारबाट सशर्त अनुदान २४ करोड ५५ लाख, विशेष अनुदान एक करोड ३० लाख, समपुरक अनुदान एक करोड ७० लाख र प्रदेशबाट सशर्त अनुदान ४० लाख ८५ हजार र समपुरक अनुदान एक करोड प्राप्त भएको छ ।
आगामी साउन १ गतेबाट लागू हुने गरी बालविकास केन्द्रका सहयोगीहरुको तीन हजार, लेखा तथा सहयोगी कर्मचारीहरुको एक हजार पाच सय तलब भत्ता वृद्धि गरिएको छ । अनुदानमा कार्यरत शिक्षकलाई प्रोत्साहन भत्ता मासिक तीन हजार तथा सङ्घ र गाउँपालिका अनुदानमा कार्यरत शिक्षकलाई वार्षिक पोशाक भत्ता रु पाँच हजार हुनेगरी बजेट विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित