साकेला गाउँपालिकाले ३४ करोड ५६ लाख बढीको बजेट सार्वजनिक ग¥यो

  • प्रकाशित मितिः असार ११, २०७९
  • 1134 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार ११–साकेला गाउँपालिकाले ३४ करोड ५६ लाख बढीको बजेट सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष विर्सिका राईले असार १० गते १२ औं गाउँसभामा ३४ करोड ५६ लाख ८२ हजार तीन सय १० रुपैयाँको बजेट तथा कार्यक्रम सार्वजनिक गरेकी हुन् ।
आर्थिक वर्ष २०७९÷०८० का लागि चालुतर्फ छ करोड ५७ लाख ४९ हजार सात सय ३० र पूँजीगततर्फ पालिका स्तरीय योजना तथा कार्यक्रममा आठ करोड ३९ लाख ८६ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । वडागत सिलिङतर्फ एकमुष्ठ एक करोड १५ लाख बिनियोजन गरिएको छ । सशर्ततर्फ १८ करोड ६ लाख ७९ हजार बिनियोजन गरिएको छ ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष रबिप्रकाश राईले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, रोजगार, यातायात, सञ्चार, विजुली लगायतको उचित प्रवन्ध गर्ने, रैथाने जातका पशुपन्छी, कृषि लगायत फलफुलको खोज गरी संरक्षण तथा विकास गर्ने, एक गाउँ एक टोल एक कृषि उत्पादन नीति अवलम्वन गर्ने उल्लेख छ । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित