नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार ११–ऐसेलुखर्क गाउ“पालिकाले शिक्षा, स्वास्थ्य, कृषिलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । असार १० गते ११ औं गाउ“सभामा उक्त नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो ।
शिक्षामा डाक्टर, इन्जिनियर, फार्मेसी पढ्नेलाई पा“च देखि २० लाख रुपैया“सम्म अनुदान दिने नीति पारित गरेको छ । शिक्षाको गुणस्तरका लागि विद्यालय अनुगमन एबम् गुनासा सुन्ने कक्ष सञ्चालन गर्ने, सवै विद्यालयहरुले वार्षिक योजना बनाउ“ने र त्यसैको आधारमा थप प्रोत्साहन स्वरुप अनुदान दिइने, विद्यार्थी संख्या र भौगोलिक अवस्थालाई मध्यनजर गर्दै विद्यालय मर्ज गरिने, विद्यार्थीको प्रतिभालाई पहिचान गरी त्यसको आधारमा प्रोत्साहन गर्ने, प्राविधिक धारका माध्यमिक तहका विद्यालयमा छात्राबासको व्यवस्था गर्ने लगायतका नीति तथा कार्यक्रम ल्याइएको छ ।
स्वास्थ्यमा गर्भवती महिलालाई प्रसुति गराउ“न डाक्टरको सिफासिमा रेफर भएकालाई एम्बुलेन्स् सेवा दिने, अति विपन्न तथा गरिब सुत्केरी महिलालाई आर्थिक सहायत दिने, प्राथमिक स्वास्थ्य केन्द्रमा उपलब्ध सबै सेवाहरुलाई निशुल्क गरिएको छ । कृषिमा बाझो जमिनमा फलफूल लगायत कृषि उत्पादन गर्न अुनदान दिने नीति तथा कार्यक्रम पारित गरिएको छ ।
भौतिक पूर्वाधारमा अन्तर जिल्ला तथा अन्तर पालिका जोड्ने पक्की पुल र बेलिबृजका निर्माण गर्ने, ऐसेलुखर्क बजार ढलान, शहरसंग जोड्ने नोरुङ–भिरपानी र वडा कार्यालय जोड्ने मुख्य सडकहरुको स्तरउन्नति गर्ने, निर्माण गर्न बा“की रहेका वडाकार्यालयहरु क्रमागत रुपमा निर्माण गर्ने, हरेक वडामा पा“च वर्षभित्र महिला सामुदायिक भवन निर्माण गर्ने लगायतका नीति तथा कार्यक्रम पारित गरिएको छ । उद्योग व्यवसायलाई प्रबद्र्धन गर्न महिला उद्यमीहरुलाई अनुदान दिने समेत नीति तथा कार्यक्रम बनाइएको छ ।
पर्यटन विकासका लागि देउरालीडाडा, बहानेपोखरी लगायतका पर्यटकीयस्थल निर्माणलाई प्राथमिकता दिने नीति ल्याइएको छ । देउरालीडाडा स्थलका लागि डिपिआर गरी १८ लाख रुपैया“ समेत खर्च भइसकेकाले त्यसको थप विकासको नीति ल्याएको गाउ“पालिका प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवले बताइन् । यसबाहेक सांस्कृतिक पर्यटनको समेत प्रबद्र्धन गरिने यादवले सुनाइन् । कर्मचारी आवासको समेत व्यवस्था गरिएको छ ।
उक्त नीति कार्यक्रमलाई सम्पन्न गर्न आर्थिक वर्ष २०७९÷८० का लागि ४२ करोड ४५ लाख ५५ हजार रुपैया“को बजेट सार्वजनिक गरेको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ३–शिक्षा व�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ३–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्लास�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज २३—अदालतक�... ... ...
दिनेश राई–सावाकटहरे, खोटेहाङ, असोज २३–सावाकटह�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2023 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित