मझुवागढी क्षेत्र ‘फूलको पहाड’ बन्दै

  • प्रकाशित मितिः असार ७, २०७९
  • 627 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार ७–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको पर्यटकीय मझुवागढी क्षेत्रमा ‘फूलको पहाड’ बनाइने भएको छ । पर्यटन प्रबद्र्धन गर्न विभिन्न प्रजातिका फूल फुलाउ“न असार ७ गते बृक्षरोपण गरिएको छ ।

1
आगामी असार १४ बृक्षरोपण दिवस परेकाले सप्ताह रुपमा कार्यक्रम आयोजना गरिएको डिभिजन वन कार्यालय खोटाङका प्रमुख जगदीश रेग्मीले बताए । बृक्षरोपण सप्ताहको अवसर पारेर रुख कमल, कामिनी, असारे, कल्की, ज्याकाराण्डा, कपु, जाइ, धुपी, गुरास, रामबृक्ष, स्वामी लगायतका पा“च सय विरुवा रोपिएको डिभिजन प्रमुख रेग्मीले जनाए । कालिका भगवती, बुढेश्वरगुफा लगायत मझुवागढी क्षेत्रमा पर्ने पर्यटकीय तथा धार्मिक स्थलको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले फूलको पहाड बनाइने भएको सामुदायिक वन उपभोक्ता महासंघ खोटाङका अध्यक्ष राजेन्द्र राईले बताए ।

3

मझुवागढी क्षेत्रलाई हेर्न लायक ‘फूलको पहाड’ बनाउ“न सबैको सहभागिता हुनु पर्ने पूर्व जिविस सभापति तथा कांग्रेस खोटाङका सभापति विष्णुकुमार राईले बताए । उक्त फूलको पहाडका लागि नगरपालिकाले विशेष भूमिका खेल्ने नगरप्रमुख तीर्थराज भट्टराईले बताए । नगरको धार्मिक तथा पर्यटकीय क्षेत्र भएकाले यसको विकासले पर्यटन प्रबद्र्धन हुने भट्टराईको भनाई छ ।

4
डिभिजन वन कार्यालय खोटाङ र डिभिजन वन कार्यालय काठमाडौंबाट विरुवा ल्याइएको सामुदायिक वन उपभोक्ता महासंघ खोटाङका अध्यक्ष राईले सुनाए । डिभिजन वन कार्यालय काठमाडौंका सहायक डिभिजन प्रमुख अशोक पराजुली र डिभिजन वन कार्यालय खोटाङका प्रमुख जगदीश रेग्मीले उपलब्ध गराएको राईको भनाई छ ।

5
बृक्षरोपण कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ लफ्याङका ७९ वर्षीया ख्यामकुमारी कटवाल पनि सहभागी भएकी थिइन् । कार्यक्रममा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई, पूर्व जिविस खोटाङका सभापति तथा कांग्रेस जिल्ला सभापति विष्णुकुमार राई, जनता समाजवादी पार्टी खोटाङका जिल्ला उपाध्यक्ष नैनबहादुर कटवाल, प्रहरी नायव उपरीक्षक उमेश लम्साल, डिभिजन वन कार्यालय खोटाङका निमित्त प्रमुख जगदीश रेग्मी, नेपाली सेनाको गोरखनाथ गणका उपसेनानी प्रशिद्ध बानिया, सशस्त्र प्रहरी निरीक्षक दिपक भट्ट, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडाअध्यक्ष नवराज राई, वडा नं ५ लफ्याङका दिनेश घिमिरे, दिक्तेल रुपाकोट मझुवागढी नगरकार्यपालिका सदस्य अन्जना बस्नेत केसी लगायतको सहभागिता थियो ।

7

8

10

9

11

6

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित