पूर्व विद्यार्थीद्वारा एक लाखको अक्षय कोष स्थापना

  • प्रकाशित मितिः असार 5, 2079
  • 314 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार ५–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित निरौली आधारभूत(१–५) विद्यालयका पूर्व विद्यार्थी युवराज आचार्यले एक लाख रुपैया“ बराबरको अक्षय कोष खडा गरिदिएका छन् । उनले आफ्नो बाजे बालनन्द आचार्यको नाममा उक्त अक्षय कोष खडा गरेका हुन् ।
आचार्यले एक लाख रुपैया“को चेक विद्यालयका प्रअ पवन राईलाई असार ३ गते हस्तान्तरण गरेका हुन् । उक्त अक्षय कोषको ब्याज रकमबाट गरिव, जेहेन्दार, लगनशील, अनुशासित लगायतका विद्यार्थीलाई वार्षिक रुपमा छात्रबृत्ति दिइने प्रअ राईले बताए ।

प्रतिक्रिया दिनुहोस


सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2022 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित