नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार ३–हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेका वडाअध्यक्षले महिला भएकैले काम गर्न नसक्ने भन्दै सरुवा भएर आएकी वडा सचिवलाई हाजिर गराउ“न अस्वीकार गर्ने वडाअध्यक्षले माफी मागेका छन् । उक्त वडामा सरुवा भएर आएकी सुशिला दाहाललाई हाजिर गराउ“न इन्कार गर्ने अध्यक्ष अर्जुनकुमार पुरीले माफी मागेका हुन् ।
वडाअध्यक्ष पुरीले लेखाईमा त्रुटी भएको भन्दै विज्ञप्ती मार्फतै माफी मागेका छन् । ‘अर्खौले दुर्गम भएकाले तीन–चार घण्डा हिडेर वडा कार्यालय धाउनु पर्ने, भौगोलिक विकटताका कारण आउ“दा–जा“दा व्यक्तिगत रुपमा पनि असहज हुन्छ कि भन्ने कारणले उहा“कै सहजताका लागि नगरपालिकामा पत्र लेखिएको र उक्त पत्रमा लेखिएको भाषाले पर्न गएको असरप्रति आलोचित हु“दै क्षमायाचना गर्दछु’ भन्दै माफी मागेका हुन् ।
महिला भएकैले आफूलाई विभेद गरेको दाहालले नगरप्रमुख विमला राई समक्ष दुखेसो पोखेकी थिइन् । दाहाल नगरपालिकाको पत्र बोकेर जेठ ३० गते हाजिर हुन अर्खौले पुगेकी हुन् । वडाअध्यक्षले साथीहरुसंग सल्लाह गरेर हाजिर गराउ“छु भनेपछि आफू फर्किएको र त्यसको भोलिपल्ट महिला भएकैले काममा असहज हुने उल्लेख गर्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र लेखेरै लैंगिक विभेद गरेका थिए ।
उक्त वडामा कार्यरत सुरेन्द्रकुमार थापालाई अन्यत्र सरुवा गराएर दाहाललाई अर्खौलेमा पठाएको र उक्त वडा भूगोल तथा जनसंख्याको हिसावले ठूलो रहेकाले महिला वडा सचिवबाट काम गर्न असहज हुने भन्दै पुरुष कर्मचारी व्यवस्था गर्न वडाअध्यक्षले नरपालिकालाई गत जेठ ३१ गते पत्राचार गरेका थिए ।
साविक अखौले गाविसको वडा नं ८ र ९ लाई लक्षित गरी हप्ताको एक दिन नवलपुरबाट सेवा प्रवाह गर्ने र पञ्जीकरण (घटना दर्ता), सामाजिक सुरक्षाभत्ता, अनलाइन प्रणालीबाट सेवा प्रवाह भइरहेको, कामको चाप बढी हुने र जनप्रतिनिधिरु नया“ भएको कारण देखाउ“दै महिला वडा सचिवबाट काम गर्न असजिलो हुने भएकाले पुरुष कर्मचारी नै वडा सचिव व्यवस्था गर्न वडाअध्यक्ष पुरीले हस्ताक्षर गरेको पत्रमा उल्लेख गरेका थिए । जेठ ३० गतेको वडा समिति बैठकको निर्णय अनुसार भनेर नगरपालिकालाई पत्र लेखेको थियो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार १६–केपिला... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार १४–यो वर्ष... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार १३–दिक्ते... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार १२–जन्तेढ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ११–खोटेहा... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2022 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित