फरार दोषी पक्राउ

  • प्रकाशित मितिः मंसिर १०, २०७५
  • 1250 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-
खोटाङ, मङ्सिर १०–जबरजस्ती चन्दा अनुली गर्ने दुई जना पक्राउ परेका छन् । ऐसेलुखर्क गाउ“पालिका–४ का ३८ वर्षीय इश्वरकुमार राई र ३३ वर्षीय किरात क्रान्तिलाल भन्ने टौलव राई पक्राउ परेका हुन् । 
सोलुखुम्बुस्थित जिल्ला अदालतले २०७३ जेठ ३१ गते दुई वर्ष कैद र दुई हजार जरिवानाको फैसला गरेको थियो । उनीहरुलाई मङ्सिर ९ गते पक्राउ गरी १० गते फैसला बमोजिमको जेल सजाय भोगका लागि कारागार पठाइएको प्रहरीले जनाएको छ । 
त्यस्तै बहुविवाहमा दोषी ठहरिएका एक जना पक्राउ परेका छन् । २०७१ भदौ १६ गते जिल्ला अदालत खोटाङले दोषी ठहराउ“दै एक वर्ष कैद र दश हजार जरिवानाको फैसला गरेको बराहापोखरी गाउ“पालिका–१ का ३२ वर्षीय ज्ञानबहादुर तामाङ पक्राउ परेका हुन् । उनलाई कात्तिक २९ गते पक्राउ गरी मङ्सिर २ गते फैसला कार्यान्वयनका लागि कारागार पठाइएको प्रहरी नायव उपरीक्षक राजकुमार केसीले बताए ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित