नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ ३०–जिल्ला समन्वय समिति खोटाङको प्रमुख लगायतका सबै पदमा वाम–लोकतान्त्रिक गठबन्धनका प्यानलै विजयी भएका छन् । समन्वय प्रमुखमा जनता समाजवादी पार्टीका सनबहादुर राई र उपप्रमुखमा माओवादी केन्द्रका सुरेश तामाङ विजयी भएका हुन् ।
जेठ ३० गते भएको मतदानमा प्रमुखका उम्मेद्वार राईले १६ मत र एमालेको तर्फबाट उम्मेद्वारी दिएका किशोरकुमार श्रेष्ठले ४ मत ल्याएका छन् । त्यस्तै उपप्रमुखमा तामाङले १६ मत र एमालेको तर्फबाट उम्मेद्वारी दिएकी सन्तोष राईले पनि ४ मत ल्याएकी छन् ।
समन्वय समितिका सदस्यहरुमा वाम–लोकतान्त्रिक गठबन्धनका प्यानलै निर्विरोध भएका छन् । खुला सदस्यमा कांग्रेसका दुर्गाप्रसाद घिमिरे, ज्ञानेन्द्र राई, मोहन सुप्तीहाङ निर्विरोध भएका छन् । त्यस्तै महिला सदस्यमा कांग्रेसकै कला राई, माओवादी केन्द्रकी विष्णुमाया“ राई र नेकपा एकीकृत समाजवादीकी दिलकमारी राई निर्विरोध भएकी हुन् । दलित सदस्यमा पनि माओवादी केन्द्रकी चमेली विश्वकर्मा निर्विरोध भएकी मुख्य निर्वाचन अधिकृतको कार्यालयकी सहायक निर्वाचन अधिकृत प्रतिभा राईले बताइन् । विजयी समन्वय प्रमुख राईलाई मुख्य निर्वाचन अधिकृत मातृकाप्रसाद आचार्यले जेठ ३० गते नै सपथ ग्रहण गराएका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार १६–केपिला... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार १४–यो वर्ष... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार १३–दिक्ते... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार १२–जन्तेढ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ११–खोटेहा... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2022 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित