जिल्ला समन्वय समिति सदस्यमा वाम लोकतान्त्रिक गठबन्धनका प्यानलै निविरोध

  • प्रकाशित मितिः जेठ २९, २०७९
  • 696 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ २९–जिल्ला समन्वय समिति खोटाङको सदस्यहरुमा वाम–लोकतान्त्रिक गठबन्धनको प्यानलै निर्विरोध भएका छन् । एमालेको तर्फबाट उम्मेद्वारी नपरेपछि निर्विरोध भएका हुन् ।
निर्विरोध हुनेहरुमा खुला सदस्यमा कांग्रेसका दुर्गाप्रसाद घिमिरे, ज्ञानेन्द्र राई, मोहन सुप्तीहाङ निर्विरोध भएका छन् । त्यस्तै महिला सदस्यमा कांग्रेसकै कला राई, माओवादी केन्द्रकी विष्णुमाया“ राई र नेकपा एकीकृत समाजवादीकी दिलकमारी राई निर्विरोध भएकी हुन् । दलित सदस्यमा पनि माओवादी केन्द्रकी चमेली विश्वकर्मा निर्विरोध भएकी मुख्य निर्वाचन अधिकृतको कार्यालयकी सहायक निर्वाचन अधिकृत प्रतिभा राईले बताइन् ।
प्रमुख–उपप्रमुखमा भने वाम–लोकतान्त्रिक गठबन्धन र एमालेका उम्मेद्वारले उम्मेद्वारी दर्ता गराएका छन् । गठबन्धनको तर्फबाट प्रमुखमा जनता समाजवादीका सनबहादुर राई र उपप्रमुखमा माओवादी केन्द्रका सुरेश तामाङको उम्मेद्वारी परेका हो । एमालेको तर्फबाट प्रमुखमा किशोर श्रेष्ठ र उपप्रमुखमा सन्तोष राईको उम्मेद्वारी परेको हो । जेठ ३० गते मतदान हुने राईले बताइन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित