नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ २८–जिल्ला समन्वय समिति खोटाङको सदस्यहरुमा वाम–लोकतान्त्रिक गठबन्धनको मात्र उम्मेद्वारी परेपछि प्यानलै निर्विरोध घोषणा हुने भएका छन् । एमालेको तर्फबाट उम्मेद्वारी नपरेपछि निर्विरोध हुने भएका हुन् ।
निर्विरोध हुनेहरुमा खुला सदस्यमा कांग्रेसका दुर्गाप्रसाद घिमिरे, ज्ञानेन्द्र राई, मोहन सुप्तीहाङ, महिला सदस्यमा कांग्रेसकै कला राई, माओवादी केन्द्रकी विष्णुमाया“ राई र नेकपा एकीकृत समाजवादीकी दिलकमारी राई तथा दलित सदस्यमा माओवादी केन्द्रकी चमेली विश्वकर्माको मात्र उम्मेद्वारी परेको कांग्रेस जिल्ला सभापति विष्णुकुमार राईले बताए । सदस्यहरुमा एमालेको तर्फबाट कसैले उम्मेद्वारी दर्ता नगराएको तर आधिकारिक रुपमा निर्विरोध घोषणा हुन बाकी रहेको मुख्य निर्वाचन अधिकृत कार्यालयकी सहायक निर्वाचन अधिकृत प्रतिभा राईले बताइन् । ‘भोलि अन्तिम नामावली प्रकाशन हुन्छ ।’ राईले भनिन्–‘त्यसपछि मात्र निर्विरोध घोषणा हुन्छ ।’
प्रमुख–उपप्रमुखमा भने वाम–लोकतान्त्रिक गठबन्धन र एमालेका उम्मेद्वारले उम्मेद्वारी दर्ता गराएका छन् । गठबन्धनको तर्फबाट प्रमुखमा जनता समाजवादीका सनबहादुर राई र उपप्रमुखमा माओवादी केन्द्रका सुरेश तामाङको उम्मेद्वारी परेका हो । एमालेको तर्फबाट प्रमुखमा किशोर श्रेष्ठ र उपप्रमुखमा सन्तोष राईको उम्मेद्वारी परेको हो । जेठ ३० गते मतदान हुने छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार १६–केपिला... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार १४–यो वर्ष... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार १३–दिक्ते... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार १२–जन्तेढ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ११–खोटेहा... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2022 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित