नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ २८–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सरसफाइ अभियान सुरु गरेको छ । दिक्तेल बजारलाई स्वच्छ र सुन्दर बनाउन सरसफाइ अभियान थालेको हो ।
जेठ २८ गते बाम्राङको फेमिली केयर अस्पतालबाट रत्नपार्क हुंदै पुरानो वेसक्यामसम्म सरसफाइ गरिएको छ । अब प्रत्येक महिनाको अन्तिम शनिबार दिक्तेलबजार सरसफाइ गरिने नगरपालिकाका प्रवक्ता दिनेश घिमिरेले बताए । वडाहरुको बजारक्षेत्रमा पनि सरसफाइ अभियान सञ्चालन गरिने घिमिरेले सुनाए ।
सरसफाइ अभियानमा नगरप्रमुख तीर्थराज भट्टराई, उपप्रमुख विशन राई, प्रमुख प्रशासकीय अधिकृत निलमकुमार न्यौपाने, दिक्तेलका वडाध्यक्ष नवराज राई, सोल्माका वडाध्यक्ष ध्रुवविक्रम राई, बाम्राङका वडाध्यक्ष महेन्द्रबहादुर राई, खाल्लेका वडाध्यक्ष खगेन्द्र राई, लफ्याङका वडाध्यक्ष घिमिरे, नुनथलाका वडाध्यक्ष भगेश्वर राई, सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि र टोल विकास समितिका पदाधिकारीहरु समेत सहभागी थिए ।
नगरपालिकाको पहिलो कार्यपालिका बैठकले प्रत्येक महिनाको अन्तिम शनिबार दिक्तेलबजार सरसरफाइ गर्ने निर्णय गरेपछि यो अभियान सञ्चालन गरिएको हो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित