'सडक ढलान अलपत्र पार्नेलाई कारबाही हुनु पर्छ' : दिक्तेल बजारबासी

  • प्रकाशित मितिः जेठ २७, २०७९
  • 965 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ २७–दिक्तेल बजारको ढलान अलपत्र पार्नेलाई कारबाही गर्नु गर्ने दिक्तेलबजारबासीले माग गरेका छन् । जेठ २७ गते दिक्तेलबजारमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा त्यसो भनेका हुन् ।
अघिल्लो आर्थिक वर्षमा सकिनु पर्ने ढलान निर्माण व्यवसायीको लापरबाहीले अलपत्र पारेको भन्दै यसमा संलग्नलाई कारबाही गर्नु पर्ने स्थानीय तथा खोटाङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष राजु लयालुले बताए । बजार ढलान गर्ने भनेर भत्काएको र यसले व्यापार व्यवसाय चौपट भएको लयालुले सुनाए । ढलान गर्ने भनेर सडक भत्काइएको तर एक वर्ष बितिसक्दा पनि काम नगरेकाले यसमा संलग्न निर्माण कम्पनीलाई कालो सूचीमा राखेर कारबाहीको प्रक्रिया बढाउ“नु पर्ने लयालुको भनाई छ ।
बजारमा सडक बिग्रिएपछि विद्यालय जाने बालबालिकालाई समस्या छ । सदरमुकामस्थित सरस्वती मावि, सरस्वती आधारभूत विद्यालय, दिक्तेल इङ्लिस बोर्डिङ स्कुल र माउण्ट एभरेष्ट बोर्डिङ स्कुलका विद्यार्थीलाई समस्या छ । बेलामा सडक नबन्दा बालबालिकालाई जोखिम भएको सरस्वती माविका शिक्षक शिवहरि ढकालले बताए । यसबाहेक सडक अबरुद्धले अस्पताल जान समेत समस्या छ । सडक भत्किएपछि आपत–विपतमा अस्पताल जान समस्या छ ।
दिक्तेलको राष्ट्रिय मानवअधिकार चौकदेखि त्रिवेणीसम्म सडक ढलानको काम सूर्य कन्ट्रक्सन विकास निर्माण सेवा जेवीले लिएको थियो । तीन करोड ९३ लाख ४४ हजारको लागत स्टीमेट भए पनि करिब ४२ प्रतिशत कममा दुई करोड ७० लाख ४० हजार एक सय ७९ रूपैया“मा ठेक्का पारेको थिायो । २०७८ मङ्सिर १० गते सक्ने गरी २०७८ असार ९ गते संझौता भएको थियो । यो सडक ढलान निर्माण अवधि गत मङ्सिर १० गते नै सकिएको छ । त्यसपछि कोरोना लगायतका बहाना बनाएर सात महिना (चैतसम्म)को म्याद थपिएको थियो । यो अवधिसम्म ४५ प्रतिशत मात्र काम सकिएको सघन शहरी तथा भवन निर्माण आयोजना प्रमुख तुलसीराम खर्बुजाले बताए । उनका अनुसार कामको मुल्याङ्कनको आधारमा ९४ लाख ८९ हजार भुक्तानी भएको छ ।
बेलामा काम नसकेपछि निर्माण कम्पनीसंग ठेक्का तोडी कालो सूचीमा राख्न दुई महिनाअघिनै प्रक्रिया बढाइएको खर्बुजाको भनाई छ । निर्माण कम्पनीको धरौटी जफतका लागि सनराइज बैंकलाई पत्राचार गरिसकिएको उनले बताए । निर्माण कम्पनीले म्याद गुजारेपछि चैतदेखिनै हर्जना तिरेको छ । आगामी असारसम्मको हर्जना वापत करिब १३ लाख रूपैया“ कटाएर भुक्तानी गरिएको खर्बुजाले जनाए ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले भने अब तत्काल कारबाही प्रक्रिया बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित