अघिल्लो कार्यकालको योजना छानविन गर्न दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले उच्चस्तरीय समिति गठन ग¥यो

  • प्रकाशित मितिः जेठ २४, २०७९
  • 927 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ २४–अघिल्लो कार्यकालको योजना तथा कार्यक्रमका विषयमा परेका उजुरीमाथि छानविन गर्न दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले उच्चस्तरीय छानविन समिति गठन गरेको छ । जेठ २३ गते भएको नगर कार्यपालिकाको बैठकले २०७४ सालमा निर्वाचित जनप्रतिनिधिको पा“च वर्षे अवधिमा सञ्चालन भएका योजना तथा कार्यक्रमका विषयमा जनगुनासो तथा उजुरी परेपछि छानविन गर्न उपप्रमुख विसन राईको संयोजकत्वमा ९ सदस्यीय उच्चस्तरीय छानविन समिति गठन गरेको हो ।
राम कटुवाल, महेन्द्र राई, मणि राई, यादवसेन राई, सरोज राई, युवराज श्रेष्ठ, कृष्ण बुढाथोकी र सदस्य सचिवमा तीर्थबहादुर विश्वकर्मा रहेको छानविन समिति बनेको हो । भ्रष्टाचारमुक्त, सुशासनयुक्त संमृद्ध नगर बनाउ“न आ–आअफ्नो ठाउ“बाट संकल्प गर्दै अघिल्लो कार्यकालमा भएका योजना तथा कार्यक्रममा भएका अनियमितता माथि छानबिन गर्दै पा“च वर्षे पाइला अघि बढाउ“ने निर्णय गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले बताए ।
बैठकले नगरकार्यपालिका (कार्यसम्पादन) नियमावली, २०७४ बमोजिमको ९ वटा विषयगत समिति संयोजक समेत तोकेको छ । शहरी तथा पूर्वाधार विकास समितिको संयोजक दिनेश घिमिरे, आर्थिक विकास समिति संयोजकमा दिनेश राई, सामाजिक विकास समितिमा संयोजक दानबहादुर राई, वन, वातावरण, फोहोरमैला तथा विपद व्यवस्थापन समितिका संयोजकमा रामकुमार हिङमाङ, योजना, अनुगमन तथा तथ्यांक समिति संयोजकमा नवराज राई, राजस्व तथा आर्थिक प्रशासन समिति संयोजक खगेन्द्र राई, न्याय कानुन तथा मानव अधिकार प्रवद्र्धन समिति संयोजकमा हरि चौंलागाई र सामान्य प्रशासन समिति संयोजकमा झुलेन्द्र विश्वकर्मालाई चयन गरेको छ ।
यस्तै, उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन सम्वन्धी कायर्यविधि, २०७६ बमोजिम योजना तथा कार्यक्रमको अनुगमन तथा सुपरीवेक्षण गर्न उपप्रमुख राईको संयोजकत्वमा अञ्जना केसी र गङ्गा विश्वकर्मा सदस्य रहेको नगर स्तरीय योजना अनुगमन तथा सुपरीवेक्षण समिति गठन गर्ने, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६५ बमोजिमको नगर उपप्रमुखको संयोजकत्वमा गठन हुने स्थानीय राजस्व परामर्श समिति, दफा ६६ बमोजिमको नगर प्रमुखको संयोजकत्वमा गठन हुने श्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति तथा दफा ६७ बमोजिमको नगर उपप्रमुखको संयोजकत्वमा गठन हुने बजेट तथा कार्यक्रम तर्जुमा समितिका सदस्य तोक्ने अधिकार नगर प्रमुख र नगर उपप्रमुखलाई प्रत्यायोजन गरिएको छ ।
नगरपालिकाको शिक्षा क्षेत्रको सुधारका लागि सम्वन्धित क्षेत्रका विषयविज्ञ सहितको शिक्षा समिति गठन गर्ने र उक्त समितिको काम, कर्तव्य र अधिकार स्वीकृत गर्ने, बालबिकास सहजकर्ता तथा विद्यालय कर्मचारीको सेवा सुविधा नेपाल सरकारले तोके बमोजिम हुने व्यवस्था गर्ने लगायतका १२ बु“दे निर्णय गरिएको नगरप्रमुख भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित