नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ २४–हलेसी तुवाचुङ नगरपालिका निवर्तमान प्रमुख इवन राईको चुनावी एजेण्डामध्ये खानेपानी समस्या समाधान गर्ने पनि एउटा थियो । तर उनको कार्यकाल सकियो, पानीको समस्या भने जस्ताको तस्तै छ । उक्त क्षेत्रको पुस्तौदेखि खानेपानीको समस्या झेलिरहेकाहरु खानेपानीको समस्या समाधान नभएपछि दुःखी छन् ।
नगरप्रमुख राई आफैं उपभोक्ता समितिका अध्यक्ष भएको बृहत पम्पिङ प्रविधिको खानेपानी आयोजना अलपत्र परेपछि स्थानीय झन चिढिएका हुन् । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाडा“ कदुवाको लिलिमाबेसीबाट डिकुवाको भुम्जुडाडा“ (करिब १५ सय मिटरमाथि) र हलेसी तुवाचुङ नगरपालिका–८ सल्लेको महादेवबेसीबाट महादेवस्थानको तुवाचुङ काभ्रेडाडा“सम्म (करिब १५ सय मिटरमाथि) पम्पिङ गरेर उक्त नगरपालिकाको सात वटा वडाका करिब पा“च हजार घरधुरीलाई खानेपानी पु¥याउ“न सुरु गरिएको योजना अलपत्र परेपछि समस्या आएको उक्त आयोजना अनुगमन समितिका संयोजक डिल्ली चाम्लिङ भनाई छ । हलेसी सुख्खा क्ष्ँेत्र पम्पिङ आयोजनाको बैठकले अनुगमन समिति बनाएको हो ।
हलेसीको कुल जनसंख्यो २७ हजार दुई सय ७४ जना र ५६ सय घरधुरीमध्ये करिब पा“च हजार घरधुरीलाई खानेपानी पु¥याउ“न यो आयोजना सञ्चालन भएको हो ।
बेलामा खानेपानी योजना नसकिएपछि हलेसी क्षेत्रमा प्रति लिटर एक रुपैया“ले पानी किन्नु परेको चाम्लिङ बताउ“छन् । पानी किनेर होटल व्यवसाय सञ्चालन गर्नु परेकाले समस्या आएको हलेसी बजारका व्यवसायी कमल राईले बताए । ‘पानीको समस्या समाधान गर्छु भनेर भोट मागे ।’ राईले भने–‘तर पानीको समस्या जस्ताको तस्तै ।’
यसक्षेत्रमा स्थानीय हलेसी तुवाचुङ नगरपालिका–७ हलेसी ऐसेलुखर्कका श्यामचन्द्र राई र हलेसी बजारकै सुवाश राई मार्फत पानी किन्ने गरेका छन् । सुवाश राईले पानी उद्योग खोलेर विक्री गरिरहेको चाम्लिङको भनाई छ ।
पानी किन्न नसक्नेले दिनभर लगाएर पानीको खोजीमा हिड्नु पर्ने हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम कोटगैह«ाकी रीता कार्कीले बताइन् । ‘किन्न सक्नेले किन्छन्, नसक्नेले पानी खोज्दै दिन बित्छ ।’–उनले भनिन् । यसक्षेत्रमा अहिलेदेखि मात्र होइन सात पुस्तादेखि पानीको समस्या पहिलेदेखिनै भएको स्थानीय जोरकाफलका ६२ वर्षीय चन्द्रबहादुर राईले बताए । उनका अनुसार यो क्षेत्रमा सात पुस्तादेखि पानीको समस्या छ । त्यसैले बसाई सरेर समेत भएको उनको भनाई छ ।
संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले हलेसी क्षेत्रको उपभोक्तालाई खानेपानी पु¥याउ“न हलेसी सुख्खा क्ष्ँेत्र पम्पिङ आयोजना सञ्चालन गरेको हो । करिब ९६ करोड ४५ लाख चार हजार एक सय ३८ रुपैया“को लागतमा सम्पन्न गर्ने गरी विभिन्न निर्माण कम्पनीहरुले ठेक्का पारेको हो । उक्त कामका लागि संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनासंग निर्माण कम्पनीहरुले विभिन्न समयमा संझौता गरेका हुन् ।
लिलिमाबेसीबाट भुम्जुडाडा“सम्म चार लाख लिटर क्षमताको तीन वटा ट्याङ्की, तीन लाख लिटरको एउटा, एक लाख लिटरको पा“च वटा ट्याङ्की र चार किलोमिटर पाइप लाइन र महादेवबेसीबाट तुवाचुङको काभ्रेडाडा“सम्म चार लाख लिटर क्षमताको तीन वटा, तीन लाख लिटरको एउटा र एक लाख लिटर क्षमताको ५ वटा ट्याङ्की तथा आठ किलोमिटर मेन लाइनको पाइप विस्तार गर्ने कामको जिम्मा दिवा–महादेव खिम्ती निर्माण कम्पनीले लिएको हो । यसमध्ये महादेवबेसीबाट तुवाचुङको काभ्रेसम्म पर्ने मेन लाइनको काम एक किलोमिटरको मात्र सकिएको अरु तीन किलोमिटर मर्मत भइरहेको छ । अन्य चार किलोमिटरको काम भने सुरु नै नभएको संघीय खानेपानी ढल व्यवस्थापन आयोजना खोटाङका प्रमुख इन्जिनियर हिराकाजी महर्जनले बताए । उक्त कामका लागि करिब ३१ करोड ७५ लाख ९६ हजार ५६ रुपैया“को लागतमा २०७६ साल मङ्सिरमा सक्ने गरी २०७४ साल असार २१ गते सम्झौता गरेको थियो । उक्त सेक्टरको भौतिक प्रगति ८४ प्रतिशत र वित्तीय प्रगति ७७ प्रतिशत भएको महर्जनले सुनाए ।
महादेवबेसीबाट तुवाचुङको काभ्रेडाडा“मा निस्कने मेन लाइनको पाइप महादेवबेसी खोलै–खोला लडाएर निकालिएकाले खियो लागिसकेको र खोलाका कारण पाइप सुरक्षित नहुने अनुगमन समितिका सदस्य प्रदीप माइलाले बताए । खोलाको पाखै–पाखा पाइप बिच्छ्याउ“ने सर्वेक्षण गरिए पनि त्यसको विपरित सजिलोका लागि करिव दुई सय मिटर पाइप खोलै–खोला बिच्छ्याइएकाले समस्या आएको माइलाले बताए ।
पानी वितरणको काम चाहि“ रमन सगरमाथा–सगरमाथा घिमिरे जेभी र लामा कन्ट्रक्सनले लिएको हो । यसमध्ये सल्लेको महादेवबेसीबाट तुवाचुङको काभ्रेडाडा“सम्म (करिब १५ सय मिटरमाथि) निकालिएको पानी २०७७ असारसम्ममा वितरण गर्ने गरी रमन सगरमाथा–सगरमाथा घिमिरे जेभीले ठेक्का लिएको थियो । करिब २६ करोड ७५ लाख ५१ हजार ९ रुपैया“को बजेटमा उक्त नगरपालिकाको वडा नं ५ दुर्छिम, ६ मङ्गलटार र ७ महादेवस्थानमा अघिल्लो असारसम्म पानी वितरण गरिसक्ने गरी २०७५ असार ३१ गते संझौता गरेको थियो । उक्त आयोजना अन्तरगत ७३ वटा ट्याङ्की, डिसी÷डिपिटी ७३ वटा निर्माण गर्नु पर्नेमा ६६ वटा ट्याङ्की र चार वटा डिसी÷डिपिटी मात्र बनेको छ । ८० किलो मिटर पाइप लाइन विस्तार गर्नु पर्नेमा ५५ किलो मिटर मात्र पाइप विस्तार गरिएको महर्जनले सुनाए । उक्त सेक्टरको भौतिक प्रगति ७० प्रतिशत र वित्तीय प्रगति ५७ प्रतिशत भएको देखिन्छ ।
यस्तै लिलिमाबेसीबाट भुम्जुडाडा“सम्म (करिब १५ सय मिटरमाथि) खानेपानी वितरण पनि अलपत्र परेको छ । गत २०७७ असारभित्र वितरण गरिसक्नु पर्ने उक्त काम लामा कन्ट्रक्सनले जिम्मा लिएको थियो । करिब ३७ करोड ९३ लाख ५७ हजार ७३ रुपैया“को लागतमा उक्त नगरपालिकाको वडा नं १ बाहुनीडाडा“, २ डिकुवा, ३ च्यास्मिटार र ४ बडहरेमा पानी वितरण गर्ने गरी २०७५ असार ३१ गते उक्त कम्पनीले संझौता गरेको थियो । उक्त सेक्टरमा बन्नु पर्ने ६९ ट्याङ्की मध्ये ६१ र ९४ वटा बन्नु पर्ने डिसी/डिपिटीमध्य ३५ वटा मात्र बनेको महर्जनले जनाए । उक्त सेक्टरमा ७५ दशमल ८५ भौतिक र ७० दशमलव २७ प्रतिशत वित्तीय प्रगति देखिएको छ ।
राजनीतिक भागबण्डामा उपभोक्ता समिति बनेको र त्यसले काम गर्न नसक्दा बेलामा आयोजना नसकिएको हलेसी विकास समितिका निर्देशक सम्मर भुजेलले बताए । कामको आवश्यकता भन्दा पनि राजनीतिक भागबण्डाको आधारमा उपभोक्ता समिति निर्माण गरिएकाले निर्माण कम्पनीहरुसंग अनुचित सम्वन्ध रहेकाले आयोजना ढिलाई भएको स्थानीयको आरोप छ ।
यो आयोजनाको निर्माण अवधि चैत ३० गते नै सकिएको छ । यद्यपि हर्जना तिरेर काम भने भइरहेको प्रमुख महर्जनको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १९–भिरबा�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित