अन्तरघात गरेको भन्दै कांग्रेस प्रदेश महामन्त्री भूपेन्द्र राई लगायत चार जनालाई कारबाहीको माग

  • प्रकाशित मितिः जेठ २३, २०७९
  • 682 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ २३–कांग्रेस प्रदेश १ का महामन्त्री भूपेन्द्र राईलाई अन्तरघातको आरोप लागेको छ । स्थानीय तहको निर्वाचनमा राई लगायत चार जनाले अन्तरघात गरेर विपक्षी पार्टी एमालेका उम्मेद्वारलाई जिताएको आरोप लगाउ“दै कारबाही गर्नु पर्ने भन्दै उजुरी परेको छ ।
महामन्त्री राई, गाउ“पालिका सभापति अमृत गिरी लगायतले दिप्रुङ चुइचुम्मा गाउ“पालिकाको अध्यक्ष नइन्द्र राई सहित वडाअध्यक्षहरुलाई अन्तरघात गरेर हराएको भन्दै कांग्रेस अनुशासन समिति समक्ष कारबाहीको माग गरेका छन् । कांग्रेसको आधिकारिक उम्मेद्वारलाई हराएर एमालेलाई जिताएकाले पार्टीको विधान २०१७, (संशोधन सहित) धारा ३४ उपधारा ४ को (क), (ख), (ग) आकर्षित हुने भएकाले त्यसै अनुसार कारबाही गर्न माग गरेका छन् ।
महामन्त्री तथा दिप्रुङ चुइचुम्मा गाउ“पालिकाका निवर्तमान अध्यक्ष समेत रहेको राईले गाउ“पालिका अध्यक्ष नइन्द्र राई विरुद्ध बागी उम्मेद्वारी दिन कार्यकर्तालाई उक्साएको, पार्टीमा अनावश्यक विवाद र झमेला खडा गरी भ्रम फिजाएर चुनावी माहौल सिर्जना गरेको आरोप लगाएका छन् । त्यस्तै विपक्षी पार्टी एमाले समेतका नेता तथा उम्मेद्वारहरुसंग गोप्य बैठक बसी पार्टीका आन्तरित रणनीति तथा गोपनीयता भङ्ग गरी आर्थिक लेनदेन गरी मतदातालाई भड्काएको, विपक्षी पार्टीसंग मिलेर योजना बनाई अनुशासन, आदर्श, सिद्धान्त, नीति तथा पार्टीको विधान विपरित गतिविधि गरेको लगायतका आरोप सहित कारबाहीको माग गरेका हुन् ।
त्यस्तै दिप्रुङ चुइचुम्मा गाउ“पालिकाका कांग्रेस सभापति अमृत गिरीले आधिकारिक उम्मेद्वार विरुद्ध दुस्प्रचार गरेको, विपक्षी पार्टीका नेता तथा उम्मेद्वारहरुसंग बैठक बसी पार्टीको गोपनीयता, रणनीति खुलाएको, मतदातालाई भड्काएर विपक्षीलाई मतदान गराएको, आर्थिक लेनदेन गरी आफ्नो उम्मेद्वारलाई पराजित गर्न पदीय मर्यादा दुरुपयोग गरेको लगायतका आरोप लगाउ“दै कारबाहीको माग गरेका छन् । कांग्रेस प्रदेश १ का सदस्य पूर्णबहादुर खड्का, दिप्रुङ चुइचुम्मा गाउ“पालिका–१ वडासभापति रामचन्द्र राई लगायतले पनि विपक्षीसंग मिलेर आफ्नो पार्टीका उम्मेद्वारलाई हराएको भन्दै कारबाहीको माग गरेका छन् ।
अनुशासन समितिले छानविन गरी जिल्ला कार्यसमितिमा पेश गरेपछि त्यसको आधारमा प्रक्रिया बढ्ने कांग्रेस जिल्ला सभापति विष्णुकुमार राईले बताए । अध्यक्षका उम्मेद्वार राई, उपाध्यक्षको उम्मेद्वार रमा कटवाल, वडा नं १ वडाअध्यक्षको उम्मेद्वार केशवकुमार खत्री, वडा नं २ का वडाअध्यक्षको उम्मेद्वार बद्री कटवाल, वडा नं ३ का वडाअध्यक्षको उम्मेद्वार महेन्द्र राई वडा नं ४ का वडाअध्यक्षको उम्मेद्वार राजदेश राई, वडान नं ५ का वडाअध्यक्षका उम्मेद्वार डम्बरबहादुर खड्का, वडा नं ६ का वडाअध्यक्षको उम्मेद्वार अमृतबहादुर खड्का र वडा नं ७ का वडाअध्यक्षका उम्मेद्वार निरेश राई र वडा नं ५ का वडा सभापति तथा वडा सदस्यका उम्मेद्वार रमेश खड्काले उजुरी दिएको कांग्रेस जिल्ला सचिव तथा अनुशासन समितिका अध्यक्ष ज्ञानेन्द्र जोशीले बताए ।

ujuri-photo

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित