राप्रपाका नेता जीवनकुमार श्रेष्ठको अन्त्यष्टि

  • प्रकाशित मितिः जेठ २२, २०७९
  • 995 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोेटाङ, जेठ २२–राष्ट्रिय प्रजातन्त्र पार्टी खोटाङका नेता ५६ वर्षीय जीवनकुमार श्रेष्ठको अन्त्यष्टि गरिएको छ । गत जेठ २० गते मोटरसाइकल दुर्घटनामा घाइते भएका श्रेष्ठको जेठ २२ गते बिहान निधनपछि पोष्टमार्टम गरी पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको हो ।
दिक्तेलको रत्नपार्कमा जेठ २२ गते दिउसो प्रदेश १, ०–५–००१ प ६८३७ नम्बरको मोटर साइकलले ठक्कर दिएर गम्भिर घाइते श्रेष्ठको उपचारका क्रममा काठमाडौंको बासबारीस्थित न्युरो अस्पतालमा निधन भएको हो ।
मोटर साइकल र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका चालक १७ वर्षीय अभिषेख राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । राईले आमा विष्णुमाया राईलाई लिएर दिक्तेल बजार आउ“दै गर्दा दिक्तेल बजारको रत्नपार्कस्थित सपिङ कम्प्लेक्स अगाडि दुर्घटना भएको थियो । दुर्घटनाकै दिन हेलिकोप्टरमार्फत काठमाडौं लगिएको थियो । श्रेष्ठ लामो समयदेखि जिल्लामा रहेर राप्रपाको राजनीति गर्दै आएका थिए । गत स्थानीय चुनावमा दिक्ते रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुखमा उम्मेद्वारी दिएका थिए । २०४७ सालदेखि राप्रपामा आवद्ध भएका श्रेष्ठ तीन कार्यकाल जिल्ला अध्यक्षमा निर्वाचित भएका थिए । उनी भ्रष्ट्राचार विरोधी, सरल र निष्ठावान नेताका रुपमा चिनिन्छन् ।  

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित