नमस्ते खोटाङ संवाददाता–
काठमाडौँ, जेठ २२—नेपालमा अहिले मनसुन प्रवेश नभए पनि मनसुनी गतिविधिको प्रभावले बदली र वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अबको दुई÷चार दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्ने महाशाखाले जनाएको छ ।
महाशाखाको अनुसार अबको केही दिनभित्रै देशको पूर्वी भेगको मेची अञ्चल आसपास क्षेत्रबाट मनसुन सुरु हुनेछ । अहिले प्रि–मनसुन र मनसुनको सुरुआती चरणको ट्रान्जिक्सन फेजमा रहेको जनाएको छ । अबको दुई÷चार दिनभित्रै नेपालमा मनसुन महाशाखाको भनाई छ ।
प्रदेश १, मधेस र वागमती प्रदेशका कतिपय स्थानमा जेठ २२ र २३ गते वर्षा भए पनि पश्चिमी भेगमा भने वर्षाको सम्भावना देखिएको छैन । नेपालमा सामान्यतया मनसुन १० जुनमा प्रवेश गर्ने गर्दछ । देशको पूर्वी भेगबाट मनसुन प्रवेश गरी क्रमशः पश्चिमतर्फ विस्तार हुन्छ । जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एसियाली क्षेत्रमा मनसुनको अवधि भनिन्छ । उक्त समयमा नेपालमा वार्षिक वर्षाको करिब ८० वर्षा हुने गर्दछ ।
अहिले नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बङ्गलादेशसम्म पूर्व–पश्चिम फैलिएको न्यूनचापीय रेखाको प्रभाव रहेको छ । उक्त मौसमी प्रभावले हाल प्रदेश १, मधेस प्रदेश र वाग्मती प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली भई प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जेठ २२ गते दिउसो प्रदेश १, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेश तथा देशका अन्य पहाडी भूभागमा सामान्य बदली रही बाँकी भेगमा आंशिक बदली रहनेछ । प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
जेठ २२ गते काठमाडौंको न्यूनतम तापक्रम २० र अधिकतम तापक्रम २८ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १९–भिरबा�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित