मोटरसाइकल दुर्घटनामा खोटाङका राप्रपा नेता जीवनकुमार श्रेष्ठको निधन

  • प्रकाशित मितिः जेठ २२, २०७९
  • 905 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोेटाङ, जेठ २२–जेठ २० गते मोटरसाइकल दुर्घटनामा घाइते भएका राष्ट्रिय प्रजातन्त्र पार्टी खोटाङका नेता जीवनकुमार श्रेष्ठको जेठ २२ गते बिहान निधन भएको छ । दिक्तेलको रत्नपार्कमा जेठ २० गते दिउसो प्रदेश १, ०–५–००१ प ६८३७ नम्बरको मोटर साइकलले ठक्कर दिएर गम्भिर घाइते श्रेष्ठको उपचारका क्रममा काठमाडौंको बासबारीस्थित न्युरो अस्पतालमा निधन भएको हो ।
मोटर साइकल र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका चालक १७ वर्षीय अभिषेख राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । राईले आमा विष्णुमाया राईलाई लिएर दिक्तेल बजार आउ“दै गर्दा दिक्तेल बजारको रत्नपार्कस्थित सपिङ कम्प्लेक्स अगाडि दुर्घटना भएको थियो ।
दुर्घटनाकै दिन हेलिकोप्टरमार्फत काठमाडौं लगिएको थियो । श्रेष्ठ लामो समयदेखि जिल्लामा रहेर राप्रपाको राजनीति गर्दै आएका थिए । गत स्थानीय चुनावमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुखमा उम्मेद्वारी दिएका थिए । श्रेष्ठको शव महाराजगन्जस्थित शिक्षण अस्पतालमा पोष्टमार्टमपछि जेठ २२ गते तीन बजे पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने मृतकका भाइ विष्णुकुमार श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित