दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा गठबन्धन, दिप्रुङ चुइचुम्मामा एमाले र साकेलामा माओवादी केन्द्रले बनायो कार्यपालिका

  • प्रकाशित मितिः जेठ १९, २०७९
  • 717 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, जेठ १९–दिक्तेल रुपाकोट मझुवागढी नगर कार्यपालिकामा गठबन्धनको प्यालन विजयी भएका छन् । १५ वडा रहेको नगरपालिकामा जेठ १८ गते सम्पन्न नगरसभा निर्वाचनबाट कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीका उम्मेदवार विजयी भएका हुन् ।
२५ सदस्यीय नगर कार्यपालिकाका लागि निर्वाचित महिला सदस्यमध्यबाट ५ जना तथा दलित वा अल्पसंख्यक समुदायबाट ३ सदस्य पदमा गठबन्धनका उम्मेदवार विजयी भएका हुन् । निर्वाचित महिला सदस्यमध्येबाट धनशोभा राई, गंगा विक, मिना कार्की, मनिला राई अञ्जना केसी तथा दलित समुदायबाट रामकुमार हिङमाङ, झुलेन्द्र विश्वकर्मा र विरेन्द्र दर्नाल विजयी भएका हुन् ।
१५ वडाका वडाध्यक्ष, नगरप्रमुख र उपप्रमुख सहित १७ जना कार्यपालिका सदस्य निर्वाचित भइसकेको अवस्थामा थप ८ सदस्यीय चुनिएका हुन् । त्यसमध्ये भागबण्डामा कांग्रेस र माओवादी केन्द्रका ३÷३ जना, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीका एक÷एक जना मिलाइएको हो ।
नगरपालिकाका ७७ पदमध्ये माओवादी केन्द्र २६, एमाले २५, कांग्रेस १७, नेकपा एकीकृत समाजवादी ७ र जनता समाजवादीका २ पदमा विजयी भएका थिए । दलित समुदायबाट तीन सदस्य चुनिएपछि ८० पुगेको छ । संविधानमा निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको १५ दिनभित्र नगरसभाका सदस्यहरु निर्वँचित गर्ने प्रावधान छ । यसमध्ये पा“च महिला सदस्य र दलित वा अल्पसंख्यक समुदायबाट नगरसभाले निर्वाचित गरेका तीन जना सदस्य समेत नगरकार्यपालिकाको सदस्य हुने व्यवस्था छ ।
त्यसैगरी दिप्रुङ चुइचुम्मा गाउ“पालिकामा भने एमालेले प्यानल विजयी हासिल गरेको छ । उक्त पालिकामा सुव्बा माझी, कला परियार, निर्मला श्रेष्ठ (मकाजु) , विमला परियार, स्वस्तीका भुजेल र कृष्णकुमारी राई निर्वाचित भएका छन् । ७ वडा रहेको उक्र गाउ“पालिकामा बैशाख ३० गतेको निर्वाचनबाट ३७ जनप्रतिनिधि निर्वाचित भएका थिए । मतदानमा एमालेको पक्षमा २० मत र गठवन्धनको पक्षमा १६ मत खसेको थियो । एक मत बदर भएको गाउ“पालिका अध्यक्ष लाकेन्द्र राईले बताए । साकेला गाउ“पालिकामा नेकपा माओवादी केन्द्रले गाउ“ कार्यपालिका बनाएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित