सविना अछामे–
खोटाङ, जेठ १९–सामुदायिक वन उपभोक्ता महासंग खोटाङले स्थापना दिवसको अवसरमा बृक्षरोपण गरेको छ । २७ औं स्थापना दिवसको अवसरमा जेठ १८ गते दिक्तेल वहुमुखी क्याम्पस परिसरमा र दुर्छिमको बालकन्या बोखिम प्राकृतिक सामुदायिक वनमा बृक्षरोपण गरेको हो ।
दिक्तेल बहुमुखी क्याम्पस परिसरमा निलसिरिष, धुपी, कृष्णकली, पोथ्रे गुरा“स लगायतका विरुवा रोपिएको हो । क्याम्पसमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई, क्याम्पस प्रमुख हिरामुमार राई, सामुदायिक वन उपभोक्ता महासंघ केन्द्रीय सदस्य सम्मरबहादुर भुजेल लगायतले बृक्ष रोपण गरेका हुन् ।
त्यस्तै दुर्छिमको बालकन्या बोखिम प्राकृतिक सामुदायिक वनमा सिन्कौली, हर्रो, बर्रो, सिमल लगायतका २७ विरुवा रोेपिएको छ । हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख विमला राई, उपप्रमुख रमेशकुमार राउत, दुर्छिमका वडाध्यक्ष रुपेन्द्र राई, सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य सम्मरबहादुर भुजेल लगायतले रोपेका हुन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार १६–केपिला... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार १४–यो वर्ष... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार १३–दिक्ते... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार १२–जन्तेढ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ११–खोटेहा... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2022 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित