नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ १७–जिल्लालाई तराईसंग जोड्ने सुनकोसीको फोक्सिङटारस्थित अस्थायी बेलिबृज निकालिएपछि फेरि सिधा यातायात सम्वन्ध विच्छेद भएको छ । खोटाङको खोटेहाङ गाउ“पालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउ“पालिका–५ आ“पटारको बीचमा पर्ने फोक्सिङटारस्थित बेलिबृज निकालिएपछि जिल्लाबासीका लागि संकटको दिन सुरु भएको छ ।
उक्त ठाउ“मा बेलिबृज लगाइएपछि गत पुस १ गतेदेखि तराईका शहरहरुसंग सिधा यातायात सम्वन्ध जोडिएको थियो । बेलिबृज निकालिएपछि उपभोग्य वस्तु, निर्माण लगायतका अन्य सामग्रीको मुल्य घटेको थियो । वर्षाले बेलिबृज निकालिएपछि विभिन्न सामग्रीको भाउ आकाशिने नेपाल चेम्बर्स अफ कमर्श खोटाङका अध्यक्ष खुसनारायण सैंजूले बताए । उनका अनुसार हरेक सामानको मुल्य प्रतिकेजी पा“च रुपैया“ भन्दा बढी महङ्गिने छ ।
बेलिबृज निकाल्न करिब ६८ लाख रुपैया“ खर्च भएको छ । गाइघाट–दिक्तेल सडक आयोजनाको ६८ लाख रुपैया“ खर्च भएको गाइघाट–दिक्तेल सडक कार्यालय उदयपुरका प्रमुख इन्जिनियर गोपाल खकुरेलले बताए । उनका अनुसार रेग्मी–भानुमती–चौधरी जेभीले उक्त बेलिबृज खोलेको हो । उक्त कम्पनीले जेठ ९ गनेदेखि १५ गतेसम्म लगाएर खोलेको हो । उक्त कम्पनीले बेलिब्रज हाल्ने र खोल्ने ठेक्का लिएको थियो ।
सगरमाथा (गाइघाट–दिक्तेल सडक) लोकमार्ग (१०१ किलोमिटर) अन्तरगत पर्ने फोक्सिङटारमा निर्माणाधीन पुल नबन्दा बेलिबृज राख्न र निकाल्न राज्यको वर्षेनी लाखौं खर्च हुदै आएको छ । उक्त ठाउ“मा ‘आर्क’ डिजाइनको पुल निर्माणमा संलग्न कम्पनीको लापरबाहीले अलपत्र पार्दा छ वर्षदेखि बेलिबृज राख्न र निकाल्नु परेको हो ।
करिब १८ करोडको लागतमा पुल निर्माणको ठेक्का लिएको गौरी पार्वती वाइपी जेभीले तीन वर्षअघि नै सक्नु पर्ने थियो । तर पुल सक्नुको साटो दुई पटक त म्याद नै थपिसकेको छ । २०७३ चैत २२ गतेभित्र सक्ने गरी २०६९ चैत २३ गते संझौता गरिको थियो । तर उक्त समयसम्म काम नसकिएपछि फेरि २०७५ चैत ३० गतेसम्मका लागि निर्माण अवधि थपिएको थियो । त्यसपछि फेरि नवौं संशोधनको आधारमा २०७७ पुस १३ सम्मको अवधि र कोरोनाका कारण अघिल्लो असार १२ गतेसम्मका लागि अर्को म्याद थप गरिएको थियो । यत्तिको म्याद थप्दा पनि काम भने अझै ७५ प्रतिशत बा“की रहेको सडक विभाग पुल योजना पूर्वी क्षेत्र सेक्टर नम्बर १ का निमित्त योजना प्रमुख नितेश झाले बताए । उक्त पुलएक सय २० मिटर लम्बाई हुने छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १९–भिरबा�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित