नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ १७–बलात्कार प्रयास गर्ने खोटेहाङ गाउ“पालिका–७ खोटाङ बजारका २६ वर्षीय भुवनकुमार प्रधान पक्राउ परेका छन् । गत जेठ ११ गते विद्यालय गइरहेकी ८ वर्षीया बालिकालाई बलात्कार प्रयास गर्ने प्रधान जेठ १५ गते पक्राउ परेका हुन् ।
बालिकालाई बिहान साडे नौ बजे बलात्कार प्रयास गरेका थिए । प्रधानले एक्लै भएको मौका पारेर नाबालिकालाई समाई बोकेर घारीमा लगी संवेदनशील अङुग समाउ“दै भुइमा लडाएर पेन्ट खोलेर जवरजस्ती करणी गर्न खोजेको भन्दै गत जेठ १३ गते उजुरी परेपछि उनी पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीका अनुसार जेठ १६ गते जिल्ला अदालतबाट बाल यौन दुरुपयोग कसुरमा पा“च दिनको म्याद थप गरी हिरासतमा राखेर अनुुसन्धान थालिएको छ । उक्त घटनापछि फरार प्रधानलाई जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय खोटाङबजारबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित