वडाअध्यक्षले पक्षपात गरी योजना बाडेको भन्दै सडक अबरुद्ध

  • प्रकाशित मितिः जेठ १४, २०७९
  • 2476 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ १४–हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाडा“का वठाअध्यक्षले पक्षपाती हिसावले योजना बाडेको भन्दै स्थानीयले सडक अवरुद्ध पारेका छन् । वडाअध्यक्ष रुद्रकुमार राईले आफू अनुकूलकाहरुलाई योजना दिएको तर लक्षित समुदायलाई भने नदिएको भन्दै जेठ ११ गतेदेखि सडक अवरुद्ध पारेका हुन् ।
च्यास्मिटार कुर्ले हर्बेनी सडक खण्ड अन्तरगत बाहुनीडाडा“को झापा निङ्लाम क्षेत्रमा खनिएको सडक स्थानीयले अवरुद्ध पारेको स्थानीय दयाबहादुर राईले बताए । उक्त सडक खन्दा वडाअध्यक्षको प्रतिबद्धता अनुसार स्थानीयले उठाएको रकम फिर्ता नगरेको, चालु आर्थिक वर्षमा वर्षे पानी सङ्कलन गर्न प्लाष्टिक पोखरीका लागि टनेल वितरणमा पक्षपात गरेको लगायतका माग राखी सडक बन्द गराएको राईले बताए ।
करिब ११ लाख रकम उठाएर स्थानीयले सडक खनेका हुन् । उक्त रकम स्थानीयलाई नै फिर्ता गर्ने बचन दिए पनि अहिलेसम्म उपलब्ध नगराएकाले सडक अबरुद्ध गर्नु परेको राईको भनाई छ । बाहुनीडाडा“कै धर्मशालादेखि लिङ्लाम गुर्दुम गाउ“सम्म स्थानीयले खनेको सडकको रकम पनि फिर्ता गर्छु भनेर आश्वासन दिएको र अहिलेसम्म फिर्ता नगरेको राईले बताए । उक्त सडक स्थानीयले १४ लाख ६० हजार रुपैया“ सङ्कलन गरेर खनेका हुन । उक्त सडकहरुको रकम २०७४ को स्थानीय तहको चुनावमा जिताए फिर्ता गर्ने भनेर आश्वासन दिएको तर दुई चोटी चुनाव जित्दा पनि फिर्ता गर्ने छाट नदेखाएपछि सडक अबरुद्ध गरेको स्थानीयको गुनासो छ ।
त्यस्तै वर्षाको पानी सङ्कलनका लागि टनेल समेत नदिएकाले पनि सडक अबरुद्ध गर्न वाध्य भएको स्थानीय संगीता राईको भनाई छ । उनका अनुसार कसैलाई कागजात नपुगेको भन्दै त्यसै फर्काएको र कसैलाई निवेदनै विना घर–घरै पठाएकाले पक्षपाती तरिकाबाट टनेल वितरण गरेकाले सडक अवरुद्ध गरेका हुन् ।
हलेसी तुवाचुङ नगरपालिकाले दुई सय ७० थान टनेल उपलब्ध गराएको थियो । स्थानीय तहको चुनावलाई लक्षित गरेर टनेल दिएको भन्दै त्यत्तिखेर एमाले र माओवादीले विरोध गरेपछि वितरण रोकिएको थियो । त्यही टनेल आफू वरिपरिकाहरु(कांग्रेस समर्थक)लाई वितरण गरेको स्थानीयको आरोप छ । ।
वडाअध्यक्ष रुद्रकुमार राईले भने पक्षपाती ढङ्गले नभई माग निवेदनको आधारमा वितरण गरेको बताए । कार्यबाहक वडाअध्यक्ष शिव कार्कीले सिफारिस गरे अनुसार वितण गरेको वडाअध्यक्ष राईको भनाई छ । वडाअध्यक्ष राई अघिल्लो स्थानीय तहको निर्वाचनमा पनि वडाअध्यक्ष थिए । यो चुनावमा पनि वडाअध्यक्षको उम्मेद्वारी दिन वडाअध्यक्षबाट राजिनामा दिएपछि वडा सदस्य शिव कार्कीले कार्यबाहक वडाअध्यक्ष भएर काम गरेको थिए । उनै कार्यबाहकको सिफारिसको आधारमा टनेल वितरण गरिएको वडाअध्यक्ष राईले बताए । अपाङ्ग, जेष्ठ नागरिकलाई भने सिफारिसको आधारमा गाउ“मै वितरण गरेको राईले बताए । ‘अपाङ्ग र जेष्ठ नागरिकलाई २०/२५ वटा टनेल वितरण गरेको हो ।’ राईले भने–‘यो भन्दा अरु सिफारिसकै आधारमा वितरण गरिएको छ ।’
नगरपालिकाले उपलब्ध गराएको दुई सय ७० थान टनेलमध्ये एक सय ३५ वडा कार्यालयबाट र एक सय ३५ गाउ“बाटै वितरण गरेको राईले बताए । नगरपालिकाले आकाशको पानी सङ्कलन गरेर तरकारी र फलफूल उत्पादन गर्ने योजना अनुसार टनेल उपलब्ध गराएको राईले सुनाए । सडकको रकम फिर्ता गर्नेसम्वन्धमा आफूले आश्वासन नदिएको वडाअध्यक्ष राईले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित