नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ १४–नेपाल प्रेस युनियन खोटाङले पत्रकारहरुको आ“खा जा“च तथा चश्मा वितरण गरेको छ । प्रेस युनियनको ३१ औं स्थापना दिवसको अवसरमा जेठ १३ गते आ“खा जा“च तथा चश्मा वितरण गरेको हो ।
लामो समयसम्म ल्यापटप÷कम्प्यूटरमा काम गर्नु पर्ने वाध्यताले आ“खामा समस्या आउ“न सक्ने सम्भावनालाई मध्यनजर गर्दै आ“खा जा“च तथा चश्मा वितरण गरिएको प्रेस युनियन खोटाङका अध्यक्ष उत्तम चौलागाईले बताए ।
प्रेस युनियनको आयोजना तथा नेपाल नेत्र ज्योति संघले संयोजन गरेर आ“खा उपचार केन्द्रमा भएको कार्यक्रममा २४ जना पत्रकारले आ“खा जा“च गराएका थिए । त्यसमध्ये १३ जना पत्रकारलाई चश्मा वितरण गरिएको थियो । प्रेस युनियन, नेपाल नेत्र ज्योति संघले जनाएको छ । कार्यक्रमको प्रमुख अतिथि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई थिए । कार्यक्रममा नेपाल नेत्रज्योति संघ खोटाङ अध्यक्ष इन्द्र कसजुले जिल्लामा एक हजार पाच सय ४२ जना दृष्टि विहीन, दुई हजार छ सय २२ मोतिविन्दुको शल्यक्रिया र पा“च हजार तीन सय ८१ जनाले तत्काल चश्मा लगाउनु पर्ने देखिएको बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १९–भिरबा�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित