नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ १३–मणिराम दाहाल मृत फेला परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ निवासी दाहाल दिक्तेलस्थित आफ्नै कोठामा मृत भेटिएका हुन् ।
दाहाल सुक्रबार विहान पौने एघार बजेतिर मृत भेटिएका हुन् । उनका आफन्त पर्ने राजन पौडेलले प्रहरीलाई जानकारी गराएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्त प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीले बताए । दाहालको नाकबाट रगत बगेको, मुख सुनिएको र किरा परेको अवस्थामा फेला परेको चौधरीले सुनाए ।
शवको प्रकृति हेर्दा मृत्यु भएको २४ घण्टाभन्दा बढी भइसकेको चौधरीको भनाई छ । मृतकको छोरा आएपछि पोष्टमार्टम गरिने चौधरीले जनाए । यसबारेमा पोष्टमार्टम रिपोर्ट र त्यसपछि अनुसन्धान गरिने चौधरीले बताए । दाहाल प्रेस युनियन खोटाङका संस्थापक सदस्य समेत हुन् । अहिले कांग्रेससंग सम्बद्ध थिए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १९–भिरबा�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित